बीमाङ्की विषयमा स्नातक तहको भर्नाका लागि त्रिविले आवेदन खुल्ला गर्‍यो

काठमाण्डौ । त्रिभूवन विश्वविद्यालयले तथ्यांक विज्ञान(ब्याचलर इन डाटा साइन्स) तथा बीमाङ्की विज्ञान(बी म्याथ साइन्स इन एक्चुअरियल साइन्स) विषयमा स्नातक तहका लागि नयाँ भर्ना खुला गरेको छ।

त्रिभूवन विश्वविद्यालय गणित विज्ञान विद्यालयले विज्ञान, व्यवस्थापन संकायबाट १२ कक्षा उतीर्ण,ए लेभल वा सिटिइभिटी उतीर्ण विद्यार्थीले यो विषय अध्ययनका लागि आवेदन दिन सक्ने बताएको छ।

गणित विषयमा कम्तीमा सि ग्रेड सहित १.८ सिजिपिए उतीर्ण, १०० पूर्णाङ्कको गणित विषय लिएर दोश्रो श्रेणीमा प्रविणता प्रमाण पत्र तह उतीर्ण, ए लेभल परिक्षामा डि ग्रेड, सिटिइभिटीबाट तीनवर्षे डिप्लोमा तहमा १०० पूर्णाङ्कको गणित विषय लिएर कम्तीमा दोश्रो श्रेणीमा उतीर्ण

साउन १५ गतेदेखि भदाै १२ गतेसम्म आवेदन फारम खुल्ला रहनेछ। इच्छुक विद्यार्थीले त्रिभूवन विश्वविद्यालयको वेबसाइट मार्फत आवेदन दिनुपर्नेछ। प्रवेश परिक्षामा उतीर्ण हुने विद्यार्थीलाई प्राथमिकताका आधारमा भर्ना लिइने विश्वविद्यालयले जानकारी दिएको छ। परिक्षा आवेदन शुल्कवापत २ हजार रूपैयाँ तोकिएको छ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार