प्रोग्रेसिभ फाइनान्सका २ लाखभन्दा बढी संस्थापक शेयर बिक्रीमा

काठमाण्डौ । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले आफ्नो संस्थापक समूहको २ लाख १ हजार ८६७ कित्ता शेयर बिक्रीमा राखेको छ।

कम्पनीका अनुसार, हाललाई यी शेयरमा कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिदका लागि आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक शेयरधनीहरूले तोकिएको ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ।

शेयर खरिदका लागि आवेदन प्रोग्रेसिभ फाइनान्सको केन्द्रीय कार्यालय, तीनकुने, काठमाडौंमा दिन सकिनेछ।

कम्पनीले तोकिएको म्यादभित्र कुनै संस्थापकबाट आवेदन नआएमा अन्य व्यक्ति तथा संस्थाहरूलाई पनि ती शेयर खरिदका लागि खुला गरिने जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार