आइतबार सुन चाँदीको मूल्य स्थिर,कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं । नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य स्थिर रहेको छ। महासंघका अनुसार आज चाँदी एक हजार ९ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन शुुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ४४ हजार १ सय २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ६ सय ४२ रुपैयाँ कायम भएको छ ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार