नियमावलीमार्फत ल्याइयो बीमकले जोखिममा आधारित पुँजी कायम गर्नुपर्ने व्यवस्था

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा नियमावली, २०८१ मार्फत बीमकले जोखिममा आधारित पुँजी कायम गर्नुपर्ने व्यवस्था ल्याएको छ। गत फागुन १२ गते नेपाल राजपत्रमा प्रकाशित नियमावली दफा ११ मा बीमा ऐनको दफा ३६ बमोजिम प्राधिकरणले निर्धारण गरेको न्यूनतम चुक्तापुँजीको अतिरिक्त बीमकले जोखिममा आधारित पुँजी कायम गर्नुपर्ने व्यवस्था ल्याइएको हो।

ऐनको उक्त दफामा बीमकको न्यूनतम चुक्तापुँजी प्राधिकरणले तोकेबमोजिम कायम गर्नुपर्ने व्यवस्था छ। सोही दफाको उपदफा (१)मा बीमकको न्यूनतम चुक्तपुँजी प्राधिकरणले समय–समयमा निर्धारण गरेबमोजिम हुने उल्लेख पनि छ। यसैगरी नियमावलीमा ऐनबमोजिम बीमकले गर्ने प्रत्येक बीमा प्रकार (पोर्टफोलियो)को जोखिमको व्ययभार व्यहोर्नका लागि बीमांकीले निर्धारण गरेबमोजिमको रकम छुट्टाछुट्टै कोषमा राख्नुपर्ने व्यवस्था गरिएको छ।

नियमावलीमा जीवन बीमा व्यवसाय गर्ने बीमकले अनिवार्य जगेडा कोष कायम गर्नुपर्ने रकम जीवन बीमा कोष खडा गरी सोही कोषमा राख्नुपर्ने, कुनै एक प्रकारको बीमा (पोर्टफोलियो)को जीवन बीमा कोष अर्को प्रकारको बीमा (फोर्टफोलियो)को जीवन बीमा कोषमा रकम सार्न वा सो कोषबाट दायित्व व्यहोर्न नपाइने र बीमकले ऐनबमोजिम तोकिएको रकम छुट्टै खडा गरिएको विशेष कोषमा राख्नुपर्ने प्रावधान ल्याइएको छ।

बीमितले दाबी गरेपश्चात बीमकले तोकिएको अवधिभित्र दाबी भुक्तानी हुन नसकेको अवधिसम्मका लागि बीमाको प्रकार वा प्रकृतिबमोजिम दाबीबापत हुन आउने दायित्व (अन्तराइटिङ क्लेम) दाबी भुक्तानी कोषमा देखाउनुपर्ने व्यवस्था नियमावलीमा गरिएको छ। बीमकको समाप्त नभएको जोखिम (अनएक्स्पायर्ड रिस्क रिजर्भ)बापतको रकम ऐनबमोजिम अनिवार्य जगेडा कोषमा समावेश भइसकेको भए त्यस्तो दायित्वबापतको रकम दाबी भुक्तानी कोषमा देखाउनु नपर्ने व्यवस्था पनि नियमावलीमा गरिएको छ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

ट्रेन्डिङ

सम्बन्धित समाचार

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

साउनदेखि बिजुली महँगिँदै, व्यावसायिक ग्राहकलाई १३ र घरायसीलाई ५ प्रतिशत भ्याट

साउनदेखि बिजुली महँगिँदै, व्यावसायिक ग्राहकलाई १३ र घरायसीलाई ५ प्रतिशत भ्याट

ऊर्जामन्त्री श्रेष्ठ भन्छन्– पोखरा बैठकबाट ऊर्जा व्यापारमा दूरगामी निर्णय

ऊर्जामन्त्री श्रेष्ठ भन्छन्– पोखरा बैठकबाट ऊर्जा व्यापारमा दूरगामी निर्णय

साउनमा वाणिज्य बैंकहरूको ब्याजदर झन् सस्तो, ६ बैंकले घटाउँदा १४ को स्थिर

साउनमा वाणिज्य बैंकहरूको ब्याजदर झन् सस्तो, ६ बैंकले घटाउँदा १४ को स्थिर

सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ

सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

किष्ट हस्पिटलद्वारा १५औँ कलेजो प्रत्यारोपण सम्पन्न: नेपालमै उच्च सफलताको कीर्तिमान

किष्ट हस्पिटलद्वारा १५औँ कलेजो प्रत्यारोपण सम्पन्न: नेपालमै उच्च सफलताको कीर्तिमान

ओली-लेखक पक्राउ गर्ने यस्तो थियो मन्त्रिपरिषद्को निर्णय र पक्राउ पुर्जी (पत्रहरूसहित)

ओली-लेखक पक्राउ गर्ने यस्तो थियो मन्त्रिपरिषद्को निर्णय र पक्राउ पुर्जी (पत्रहरूसहित)