साउनमा वाणिज्य बैंकहरूको ब्याजदर झन् सस्तो, ६ बैंकले घटाउँदा १४ को स्थिर

काठमाण्डौ । नेपालका वाणिज्य बैंकहरूले साउन महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। साउन १ गतेदेखि लागू हुने गरी अधिकांश बैंकहरूले व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपमा ब्याजदर कटौती गरेका हुन्। बैंकहरूको नयाँ तालिका अनुसार वाणिज्य बैंकहरूको औसत व्यक्तिगत मुद्दती निक्षेप ब्याजदर साउन महिनाका लागि ०.०९ प्रतिशत बिन्दुले घटेर ४.१७ प्रतिशतमा झरेको छ।

यसअघि असार महिनामा यो दर ४.२६ प्रतिशत कायम थियो। त्यस्तै, संस्थागत मुद्दती निक्षेपतर्फको औसत ब्याजदर पनि ०.०६ प्रतिशत बिन्दुले घटेर ३.१२ प्रतिशत कायम भएको छ, जुन असारमा ३.१८ प्रतिशत थियो। साउन महिनाका लागि कुल ६ वटा बैंकले ब्याजदर घटाएका छन् भने १४ वटा बैंकले पुरानै दरलाई यथावत् राखेका छन्। ब्याजदर घटाउने बैंकहरूमा कुमारी, ग्लोबल आइएमई, सिटिजन्स, एनएमबि, स्ट्याण्डर्ड चार्टर्ड र राष्ट्रिय वाणिज्य बैंक रहेका छन्।

बाँकी रहेका कृषि विकास, एभरेष्ट, नेपाल बैंक, नेपाल एसबिआई, लक्ष्मी सनराइज, प्राइम, प्रभु, माछापुच्छ्रे, हिमालयन, सिद्धार्थ, नबिल, सानिमा, एनआईएमबी र एनआईसी एशिया बैंकले भने ब्याजदर स्थिर राखेका छन्।

ब्याजदर घटबढको अवस्थालाई हेर्दा साउन महिनामा व्यक्तिगत मुद्दती निक्षेपतर्फ सबैभन्दा बढी ब्याजदर घटाउनेमा ग्लोबल आइएमई बैंक रहेको छ, जसले आफ्नो ब्याजदर ०.५० प्रतिशत बिन्दुले घटाएर ४.०० प्रतिशत कायम गरेको छ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ ०.३५ प्रतिशत र संस्थागततर्फ १.०० प्रतिशत बिन्दुले ब्याजदर घटाएको देखिन्छ। निक्षेपकर्ताका लागि ब्याजदर स्थिर राख्ने बैंकहरूमध्ये प्रभु बैंक र नबिल बैंकले व्यक्तिगत मुद्दतीमा सबैभन्दा बढी ४.५५ प्रतिशत ब्याजदर दिइरहेका छन्। अर्कोतर्फ, नेपाल बैंकले भने साउनमा संस्थागत मुद्दतीको ब्याजदरमा १.०० प्रतिशत बिन्दुको वृद्धि गर्दै ४.०० प्रतिशत पुर्‍याएको छ। बैंकहरूमा अधिक लगानीयोग्य रकम (तरलता) थुप्रिएका कारण र बजारमा कर्जाको माग सुस्त रहेकाले बैंकहरूले निक्षेपको लागत कम गर्न लगातार ब्याजदर घटाइरहेका हुन्।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

ट्रेन्डिङ

सम्बन्धित समाचार

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

साउनदेखि बिजुली महँगिँदै, व्यावसायिक ग्राहकलाई १३ र घरायसीलाई ५ प्रतिशत भ्याट

साउनदेखि बिजुली महँगिँदै, व्यावसायिक ग्राहकलाई १३ र घरायसीलाई ५ प्रतिशत भ्याट

ऊर्जामन्त्री श्रेष्ठ भन्छन्– पोखरा बैठकबाट ऊर्जा व्यापारमा दूरगामी निर्णय

ऊर्जामन्त्री श्रेष्ठ भन्छन्– पोखरा बैठकबाट ऊर्जा व्यापारमा दूरगामी निर्णय

साउनमा वाणिज्य बैंकहरूको ब्याजदर झन् सस्तो, ६ बैंकले घटाउँदा १४ को स्थिर

साउनमा वाणिज्य बैंकहरूको ब्याजदर झन् सस्तो, ६ बैंकले घटाउँदा १४ को स्थिर

सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ

सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

किष्ट हस्पिटलद्वारा १५औँ कलेजो प्रत्यारोपण सम्पन्न: नेपालमै उच्च सफलताको कीर्तिमान

किष्ट हस्पिटलद्वारा १५औँ कलेजो प्रत्यारोपण सम्पन्न: नेपालमै उच्च सफलताको कीर्तिमान

ओली-लेखक पक्राउ गर्ने यस्तो थियो मन्त्रिपरिषद्को निर्णय र पक्राउ पुर्जी (पत्रहरूसहित)

ओली-लेखक पक्राउ गर्ने यस्तो थियो मन्त्रिपरिषद्को निर्णय र पक्राउ पुर्जी (पत्रहरूसहित)