आजदेखि एभरेष्ट बैंकको ऋणपत्र बिक्री खुला, ब्याजदर कति ?

काठमाडाैंं । एभरेष्ट बैंकले आज फागुन १८ गतेबाट ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री खुला गर्ने भएको छ। बैंकले १० वर्ष अवधिको वार्षिक ७.५० प्रतिशत ब्याजदरमा ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र–२०९१ नामक’ ऋणपत्र बिक्री खुला गर्न लागेको हो। जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र बिक्री खुला गर्नेछ।

कुल इकाइमध्ये बैंकले १८ लाख इकाइ ऋणपत्र व्यक्तिगत तबरबाट बिक्री गर्नेछ। बाँकी १२ लाख इकाइमा भने सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले यो ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा सीडीएससीको मेरो शेयरबाट खरिद आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा १ लाख २० हजार इकाइ ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।

यो ऋणपत्रमा फागुन २१ गतेसम्म खरिद आवेदन दिन सकिनेछ। सो मितिबाट पर्याप्तमात्र आवेदन नपरेको खण्डमा ऋणपत्र चैत ३ गतेसम्म बिक्री खुला गरिनेछ। एभरेष्ट बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

ट्रेन्डिङ

सम्बन्धित समाचार

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

साउनदेखि बिजुली महँगिँदै, व्यावसायिक ग्राहकलाई १३ र घरायसीलाई ५ प्रतिशत भ्याट

साउनदेखि बिजुली महँगिँदै, व्यावसायिक ग्राहकलाई १३ र घरायसीलाई ५ प्रतिशत भ्याट

ऊर्जामन्त्री श्रेष्ठ भन्छन्– पोखरा बैठकबाट ऊर्जा व्यापारमा दूरगामी निर्णय

ऊर्जामन्त्री श्रेष्ठ भन्छन्– पोखरा बैठकबाट ऊर्जा व्यापारमा दूरगामी निर्णय

साउनमा वाणिज्य बैंकहरूको ब्याजदर झन् सस्तो, ६ बैंकले घटाउँदा १४ को स्थिर

साउनमा वाणिज्य बैंकहरूको ब्याजदर झन् सस्तो, ६ बैंकले घटाउँदा १४ को स्थिर

सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ

सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

किष्ट हस्पिटलद्वारा १५औँ कलेजो प्रत्यारोपण सम्पन्न: नेपालमै उच्च सफलताको कीर्तिमान

किष्ट हस्पिटलद्वारा १५औँ कलेजो प्रत्यारोपण सम्पन्न: नेपालमै उच्च सफलताको कीर्तिमान

ओली-लेखक पक्राउ गर्ने यस्तो थियो मन्त्रिपरिषद्को निर्णय र पक्राउ पुर्जी (पत्रहरूसहित)

ओली-लेखक पक्राउ गर्ने यस्तो थियो मन्त्रिपरिषद्को निर्णय र पक्राउ पुर्जी (पत्रहरूसहित)