२१ अंकले घट्यो सेयर बजार, ६ अर्ब ८३ करोडको कारोबार

काठमाडाैं । साताको पहिलो कारोबार दिन नेप्से दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से परिसूचक २१.६३ अंकले घटेर २७१४.८५ बिन्दुमा कायम भएको छ ।

आज ३१६ स्टकको ७९ हजा ३१ पटक कारोबारमा एक करोड ३९ लाख ७४ हजार ४५२ कम्पनीको कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ८३ करोड ६६ लाख ४० हजार ४०७ रुपैयाँको कारोबार भएकाे छ । आज व्यापारबाहेक सबै सेक्टर घटेका छन् । व्यापार ४.९२ प्रतिशतले बढेको छ । घटेका उपसमूहहरूमा बैंकिङ ०.८०, विकास बैंक २.२५, फाइनान्स १.३९, होटल तथा पर्यटन ०.५३, हाइड्रोपावर १.२९, लगानी १.७२, जीवन बीमा १.०६, उत्पादन ०.०१, निर्जीवन बीमा ०.७२, अन्य १.५२ प्रतिशतले बढेको छ ।

आइतबार सामुदायिक लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ८.१९ प्रतिशतले कमाएका छन् । विशाल बजार ५.३४, आरएसडीसी लघुवित्त वित्तीय संस्था ४.४३, अप्पर हावाखेला हाइड्रोपावर ४.१८ प्रतिशतले घटेको छ । त्यस्तै, आज ग्रीन डेभलपमेन्टका लगानीकर्ताले सबैभन्दा धेरै ७.९१ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा धेरै ५८ करोड ४६ लाख २३ हजार रुपैयाँको कारोबार भएको छ । दोस्रोमा महालक्ष्मी विकास बैंक ३७ करोड २ लाख रुपैयाँको कारोबार भएको छ ।

अन्य कम्पनीहरूमा घलेम्दी हाइड्रोको ३३ करोड ८५ लाख, नेपाल रिइन्स्योरेन्सको ३३ करोड ८३ लाख र गार्डियन माइक्रोफाइनान्सको २६ करोड १९ लाख रुपैयाँको कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

ट्रेन्डिङ

सम्बन्धित समाचार

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

साउनदेखि बिजुली महँगिँदै, व्यावसायिक ग्राहकलाई १३ र घरायसीलाई ५ प्रतिशत भ्याट

साउनदेखि बिजुली महँगिँदै, व्यावसायिक ग्राहकलाई १३ र घरायसीलाई ५ प्रतिशत भ्याट

ऊर्जामन्त्री श्रेष्ठ भन्छन्– पोखरा बैठकबाट ऊर्जा व्यापारमा दूरगामी निर्णय

ऊर्जामन्त्री श्रेष्ठ भन्छन्– पोखरा बैठकबाट ऊर्जा व्यापारमा दूरगामी निर्णय

साउनमा वाणिज्य बैंकहरूको ब्याजदर झन् सस्तो, ६ बैंकले घटाउँदा १४ को स्थिर

साउनमा वाणिज्य बैंकहरूको ब्याजदर झन् सस्तो, ६ बैंकले घटाउँदा १४ को स्थिर

सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ

सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

किष्ट हस्पिटलद्वारा १५औँ कलेजो प्रत्यारोपण सम्पन्न: नेपालमै उच्च सफलताको कीर्तिमान

किष्ट हस्पिटलद्वारा १५औँ कलेजो प्रत्यारोपण सम्पन्न: नेपालमै उच्च सफलताको कीर्तिमान

ओली-लेखक पक्राउ गर्ने यस्तो थियो मन्त्रिपरिषद्को निर्णय र पक्राउ पुर्जी (पत्रहरूसहित)

ओली-लेखक पक्राउ गर्ने यस्तो थियो मन्त्रिपरिषद्को निर्णय र पक्राउ पुर्जी (पत्रहरूसहित)