अब ब्रोकरले पनि आईपीओ निकाल्न पाउने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ लाई संशोधन गरेको छ। बोर्डले नियमावलीमा छैठौं संशोधन गरेको हो। संशोधित नियमावली आज साउन ३२ गतेबाट लागु भएको छ।

नियमावली संशोधन भएपछि ब्रोकरहरुलाई न्युनतम चुक्ता पुँजी पुर्याइसक्नु समय थप भएको छ। अब ब्रोकरले २०८२ चैत्र मसान्तसम्ममा तोकिएको चुक्ता पुँजी पुर्याउन सक्ने छन् । यस अघि २०८२ साउन मै पुँजी पुर्याईसक्नु पर्ने व्यवस्था थियो।

त्यस्तै अब ब्रोकरहरुले आईपीओ निष्काशन गर्ने अनुमति पाउन सक्ने छन् । त्यस्तै अब बैंकका सहायक कम्पनीको रुपमा रहेका ब्रोकर कम्पनीले बैंकका कर्मचारीलाई संचालक नियुक्त गर्न सक्ने छन् ।

अब सिमित कार्य गर्ने ब्रोकरले ग्राहकको नामबाट ग्राहकको आदेश अनुसार धितोपत्र खरिद वा बिक्री गर्न, प्रचलित धितोपत्रको केन्द्रीय निक्षेप सेवा नियमावली बमोजिम निक्षेप सदस्यले गर्ने कार्य गर्न, मार्जिन कारोबार सम्बन्धी कार्य गर्न र धितोपत्रको राफसाफ सदस्य सम्बन्धी कार्य गर्न सक्नेछ ।

पूर्ण कार्य गर्ने ब्रोकरले धितोपत्र बोर्डबाट अनुमति लिई लगानी व्यवस्थापन सम्बन्धी कार्य गर्न, लगानी परामर्श सेवा सम्बन्धी कार्य गर्न तथा योग्य संस्थागत लगानीकर्ताको रूपमा कार्य गर्न सक्नेछ। यस सेवा दिए वापत उनीहरुले सेवा शुल्क लिन सक्ने बाटो पनि खुलेको छ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

ट्रेन्डिङ

सम्बन्धित समाचार

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

साउनदेखि बिजुली महँगिँदै, व्यावसायिक ग्राहकलाई १३ र घरायसीलाई ५ प्रतिशत भ्याट

साउनदेखि बिजुली महँगिँदै, व्यावसायिक ग्राहकलाई १३ र घरायसीलाई ५ प्रतिशत भ्याट

ऊर्जामन्त्री श्रेष्ठ भन्छन्– पोखरा बैठकबाट ऊर्जा व्यापारमा दूरगामी निर्णय

ऊर्जामन्त्री श्रेष्ठ भन्छन्– पोखरा बैठकबाट ऊर्जा व्यापारमा दूरगामी निर्णय

साउनमा वाणिज्य बैंकहरूको ब्याजदर झन् सस्तो, ६ बैंकले घटाउँदा १४ को स्थिर

साउनमा वाणिज्य बैंकहरूको ब्याजदर झन् सस्तो, ६ बैंकले घटाउँदा १४ को स्थिर

सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ

सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

किष्ट हस्पिटलद्वारा १५औँ कलेजो प्रत्यारोपण सम्पन्न: नेपालमै उच्च सफलताको कीर्तिमान

किष्ट हस्पिटलद्वारा १५औँ कलेजो प्रत्यारोपण सम्पन्न: नेपालमै उच्च सफलताको कीर्तिमान

ओली-लेखक पक्राउ गर्ने यस्तो थियो मन्त्रिपरिषद्को निर्णय र पक्राउ पुर्जी (पत्रहरूसहित)

ओली-लेखक पक्राउ गर्ने यस्तो थियो मन्त्रिपरिषद्को निर्णय र पक्राउ पुर्जी (पत्रहरूसहित)