प्रकाशकीयः दोस्रो वर्षमा प्रवेश

चेत नारायण पाण्डेय

प्रकाशक

विश्वमा मानव सभ्यताको विकास सँगै सुरु भएको संचारको युग अबका दिनमा प्रविधिमा जोडिएर विश्वभरका सन्देश एकै ठाउँमा सहजै जान्ने, सुन्ने र हर्ने सकिने भएको छ । अझै विश्वका कयौँ देशमा नव प्रविधिको रूपमा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को विकास हुँदै गएको छ । प्रविधिको युगमा मानवमा फैलाउँदै गएको प्रविधिको जोडलाई केही चुनौती तथा अवसरमा आम राज्यको लगानीका क्षेत्रमा साझा आवाज बन्ने हेतुले छापामै पढ्न सकिने गरी ‘कर्पोरेट टाइम्स’ को साप्ताहिक प्रकाशनको थालनी गरेको यही श्रावण अजकै दिन एक वर्ष पूरा भएको छ ।

समाज चलाउन अर्थतन्त्र अपरिहार्य छ । त्यही अर्थतन्त्रमा समाजमा सत्य–तथ्य सूचना सम्प्रेषण गर्नु आर्थिक क्षेत्रका मिडियाको मुख्य दायित्व हुन्छ । कर्पोरेट टाइम्स यही मर्म र दायित्वबोधसहित अघि बढ्ने संकल्प गर्दै प्रकाशन आरम्भ गरेको हो । हामीले साप्ताहिक प्रकाशनका माध्यमबाट देश विकास र समृद्धिका विविध आयामलाई उजागर गर्नुका साथै देश चलायमान बनाउन राज्यका हरेक क्षेत्रमा खबरदारी गर्दै आइरहेका छौँ। हाम्रो खबरदारीबाट देशमा आर्थिक विकासका समय सूचकमा सुधार गर्न आफूलाई सकारात्मक मार्गमा डो¥याउन सक्छ भन्नेमा हामी विश्वस्त छौँ। देशको आर्थिक रूपान्तरणको मुद्दालाई केन्द्रमा राखेर सत्य सूचना सम्प्रेषण गर्ने प्रतिबद्धतामा कमी आउन दिएका छैनौँ। विश्वमा जारी कोरोना महामारी र त्यसले ल्याएको आर्थिक संकटबाट सुस्ताएको अर्थतन्त्र पूर्ण रूपमा चलायमान नहुँदै बाटो नविरावस भन्ने गरी हाम्रो यात्रा नियमित रूपमा खबरदारीको बाटोमा अगाडि बढेको छ ।

आम नागरिकदेखि निजी क्षेत्र र राष्ट्रिय स्तरमा हुने नीति निमार्णहरूसम्म हरेक विषयवस्तुलाई पाठकको रुचि र आकर्षणका आधारमा मिडिया सामग्रीको विकास गर्नमा केन्द्रीत भएका छौँ । कसैप्रति आग्रह÷पूर्वाग्रह नराखी सत्य तथ्य र निष्पक्षमा आधारित व्यावसायिक पत्रकारिता हाम्रो प्रतिबद्धता रहेको कुरा पुनः प्रस्ट पार्न चाहान्छौं । अन्त्यमा, कर्पोरेट टाइम्स आजैका दिनबाट देशभर विस्तारका क्रममा पत्रकारितामा मोफसलको राजधानी काठमाडौंबाट नियमित प्रकाशन प्रारम्भ गरी हाल कोशी, लुम्बिनी तथा सुदूर पश्चि प्रदेशमा प्रकाशन प्रारम्भ गरेका छौँ भने, यसै वर्ष भित्र देशभर एकैसाथ प्रकाशनको अन्तिम तयारीमा रहेको जानकारी गराउँदछौँ । साथै आजैका दिनबाट अनलाइन संस्करण समेत प्रारम्भ भएको जानकारी गराउँदछौँ । अब पत्रिकाको उपलब्धता कम भएका स्थानहरूमा पत्रिकाको अनलाइन संस्करण समेत नियमित रूपमा हेर्न सकिने छ ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

ट्रेन्डिङ

सम्बन्धित समाचार

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

साउनदेखि बिजुली महँगिँदै, व्यावसायिक ग्राहकलाई १३ र घरायसीलाई ५ प्रतिशत भ्याट

साउनदेखि बिजुली महँगिँदै, व्यावसायिक ग्राहकलाई १३ र घरायसीलाई ५ प्रतिशत भ्याट

ऊर्जामन्त्री श्रेष्ठ भन्छन्– पोखरा बैठकबाट ऊर्जा व्यापारमा दूरगामी निर्णय

ऊर्जामन्त्री श्रेष्ठ भन्छन्– पोखरा बैठकबाट ऊर्जा व्यापारमा दूरगामी निर्णय

साउनमा वाणिज्य बैंकहरूको ब्याजदर झन् सस्तो, ६ बैंकले घटाउँदा १४ को स्थिर

साउनमा वाणिज्य बैंकहरूको ब्याजदर झन् सस्तो, ६ बैंकले घटाउँदा १४ को स्थिर

सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ

सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

किष्ट हस्पिटलद्वारा १५औँ कलेजो प्रत्यारोपण सम्पन्न: नेपालमै उच्च सफलताको कीर्तिमान

किष्ट हस्पिटलद्वारा १५औँ कलेजो प्रत्यारोपण सम्पन्न: नेपालमै उच्च सफलताको कीर्तिमान

ओली-लेखक पक्राउ गर्ने यस्तो थियो मन्त्रिपरिषद्को निर्णय र पक्राउ पुर्जी (पत्रहरूसहित)

ओली-लेखक पक्राउ गर्ने यस्तो थियो मन्त्रिपरिषद्को निर्णय र पक्राउ पुर्जी (पत्रहरूसहित)