सौर्य एयरलाइन्स दुर्घटनाको कारणस् डीप स्टलको नियन्त्रण गुम्दा सिधै बजारियो

काठमाण्डौ । सौर्य एयरलाइन्स गत वर्ष साउन १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नासाथै अधिक छिटो जहाजको अगाडिको भाग उठ्न खोज्दा ९डीप स्टल०नियन्त्रण गुमेर दुर्घटना भएको निष्कर्ष छानविन समितिले निकालेको छ ।

सौर्य एयरलाइन्सको ९एनएएमई कलसाइनको उक्त जहाज दुर्घटना भएको एक वर्षपछि अर्थात शुक्रबार सर्वजनिक भएको उक्त प्रतिवदेन अनुसार जहाज उड्ने समयमा रोटेसन स्पीड पर्याप्त नपुग्दै अगाडिको भाग अत्यधिक चाँडो उठाएको कारण जहायले नियन्त्रण गुमाएर भुईमा बजारिन पुगेको दुर्घटना जाँच छानविन समितिको प्रतिवेदनमा उल्लेख

छानबिन समितिले उडानका बेला पिच दर ८ दशमलव ६ डिग्री प्रतिसेकेन्ड पुगेको उल्लेख गरेको छ । जसजे जहाजको सुरक्षा सीमालाई नियन्त्रणमा लिन नसकेको पनि उल्लेख छ । सौर्यको जहाज दुर्घटनाबाट १८ जनाको ज्यान गएको थियो । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा पर्नुलाई सम्बन्धित वायुसेवा कम्पनी, पाइलट र नेपाल नागरिक उड्डयन प्राधिकरणको समेत गम्भीर लापरबाही भएको निष्कर्ष निकालिएको छ ।

उक्त जहाज उडेको बेला १८ हजार ५ सय किलो तौल थियो । त्यसका लागि बनाइएको स्पिडकार्डमा उडान भर्न आवश्यक ‘भी–स्पीड’ भने गलत उल्लेख भएको थियो । स्पिडकार्ड गलत उल्लेख हुनुमा कम्पनीको कमजोरी हो भने यसलाई वेवास्था गर्नु प्राधिकरणको पनि गैरजिम्मेवारी भएको प्रतिवेदनले औल्याएको छ ।

वायुसेवा कम्पनीले गलत गरिरहदा प्राधिरकणले तथा सम्बन्धित वायुसेवा कम्पनीका कर्मचारीले वेवास्था गर्नु, स्पिडकार्ड पुस्तिका स्वीकृत नहुनु, वायुसेवा कम्पनीले उडान भर्ने क्रममा देखिएको उच्च पिच रेटका पुराना घटना पहिचान गर्दै त्यसमा सुधार नल्याउनुलार्य दुर्घटनाको कारणका रुपमा उल्लेख गरिएको छ ।

जहाजले कार्गोसहित लोड बोकेर उड्दा बाहिरको तापक्रम, विमानस्थलको उचाइ, लोडसहित आधारमा टेकअफका बेला लिने गतिको क्याल्कुलेसन गर्ने गरिन्छ । यसलाई ‘भी–स्पीड’ भनिन्छ । यो उडानका बेला जाँच नगर्दा जहाजले टेकअफ ९उडेलगतै० दुर्घटना हुन पुगेको पनि दुर्घटजा जाँच प्रतिवदेनले औल्इाएको छ ।

सौर्य एयरलाइन्स्को उक्त जहाज सम्पूर्ण मर्मत अर्थात सी–चेकका लागि पोखरा लैजान उडेको थियो । ३४ दिन देखि ग्राउन्डेड ९थन्किएको० उक्त जहाजमा पर्याप्त जाँच विना नै उड्न प्राधिकरणले अनुमति दिनु नै ठूलो कमजारी भएको उल्लेख छ ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

ट्रेन्डिङ

सम्बन्धित समाचार

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

साउनदेखि बिजुली महँगिँदै, व्यावसायिक ग्राहकलाई १३ र घरायसीलाई ५ प्रतिशत भ्याट

साउनदेखि बिजुली महँगिँदै, व्यावसायिक ग्राहकलाई १३ र घरायसीलाई ५ प्रतिशत भ्याट

ऊर्जामन्त्री श्रेष्ठ भन्छन्– पोखरा बैठकबाट ऊर्जा व्यापारमा दूरगामी निर्णय

ऊर्जामन्त्री श्रेष्ठ भन्छन्– पोखरा बैठकबाट ऊर्जा व्यापारमा दूरगामी निर्णय

साउनमा वाणिज्य बैंकहरूको ब्याजदर झन् सस्तो, ६ बैंकले घटाउँदा १४ को स्थिर

साउनमा वाणिज्य बैंकहरूको ब्याजदर झन् सस्तो, ६ बैंकले घटाउँदा १४ को स्थिर

सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ

सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

किष्ट हस्पिटलद्वारा १५औँ कलेजो प्रत्यारोपण सम्पन्न: नेपालमै उच्च सफलताको कीर्तिमान

किष्ट हस्पिटलद्वारा १५औँ कलेजो प्रत्यारोपण सम्पन्न: नेपालमै उच्च सफलताको कीर्तिमान

ओली-लेखक पक्राउ गर्ने यस्तो थियो मन्त्रिपरिषद्को निर्णय र पक्राउ पुर्जी (पत्रहरूसहित)

ओली-लेखक पक्राउ गर्ने यस्तो थियो मन्त्रिपरिषद्को निर्णय र पक्राउ पुर्जी (पत्रहरूसहित)