शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज साउन ४ गते अन्तिम दिन

काठमाण्डौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज साउन ४ गते अन्तिम दिन रहेको छ।

बैंकले गत असार ३२ गतेदेखि ऋणपत्र बिक्री खुला गरेको थियो। यो ऋणपत्रमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।

नेपाल धितोपत्र बोर्डको अनुमतिपछि बैंकले ‘शाइन रेसुंगा डिबेन्चर’ नामक ऋणपत्रका इकाइहरु बिक्री गरेको हो। बैंकले यस ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल १ अर्ब रुपैयाँबराबरको १० लाख इकाइ जारी गरेको छ।

बैंकले कुल इकाइमध्ये ६ लाख कित्ता इकाइ व्यक्तिगत तवरबाट बिक्री गर्नेछ। बाँकी ४ लाख इकाइ सर्वसाधारणलाई छुट्याइएको छ। सर्वसाधारणलाई छुट्याइएको इकाइमध्ये ५ प्रतिशतले हुन आउने २० हजार कित्ता इकाइ सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी ३ लाख ८० हजार इकाइ सर्वसाधारणका लागि जारी गरिएको हो।

यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा ५ लाख इकाइका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय तथा सीडीएससीको मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन्।

शाइन रेसुंगा बैंकको ऋणपत्र बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल रहेको छ। यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ८ प्रतिशत ब्याज पाउनेछन्।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

ट्रेन्डिङ

सम्बन्धित समाचार

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

साउनदेखि बिजुली महँगिँदै, व्यावसायिक ग्राहकलाई १३ र घरायसीलाई ५ प्रतिशत भ्याट

साउनदेखि बिजुली महँगिँदै, व्यावसायिक ग्राहकलाई १३ र घरायसीलाई ५ प्रतिशत भ्याट

ऊर्जामन्त्री श्रेष्ठ भन्छन्– पोखरा बैठकबाट ऊर्जा व्यापारमा दूरगामी निर्णय

ऊर्जामन्त्री श्रेष्ठ भन्छन्– पोखरा बैठकबाट ऊर्जा व्यापारमा दूरगामी निर्णय

साउनमा वाणिज्य बैंकहरूको ब्याजदर झन् सस्तो, ६ बैंकले घटाउँदा १४ को स्थिर

साउनमा वाणिज्य बैंकहरूको ब्याजदर झन् सस्तो, ६ बैंकले घटाउँदा १४ को स्थिर

सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ

सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

किष्ट हस्पिटलद्वारा १५औँ कलेजो प्रत्यारोपण सम्पन्न: नेपालमै उच्च सफलताको कीर्तिमान

किष्ट हस्पिटलद्वारा १५औँ कलेजो प्रत्यारोपण सम्पन्न: नेपालमै उच्च सफलताको कीर्तिमान

ओली-लेखक पक्राउ गर्ने यस्तो थियो मन्त्रिपरिषद्को निर्णय र पक्राउ पुर्जी (पत्रहरूसहित)

ओली-लेखक पक्राउ गर्ने यस्तो थियो मन्त्रिपरिषद्को निर्णय र पक्राउ पुर्जी (पत्रहरूसहित)