दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण पूर्वको काम सुरु

कञ्चनपुर । दोधारा चाँदनी नगरपालिकामा सुक्खा बन्दरगाह निर्माण प्रक्रिया सुरु भएको छ । मंगलबार भारतीय निर्माण कम्पनीलाई साइट हस्तान्तरणसँगै भौतिक संरचना निर्माण पूर्वको काम सुरु भएको हो । सुक्खा बन्दरगाह निर्माणका लागि ठेक्का भएको कम्ट कन्सट्रक्सनलाई मंगलबार इन्टरमोडल यातायात विकास समितिले साइट हस्तान्तरण गरेको हो । समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले कम्ट कन्सट्रक्सनका प्रबन्ध निर्देशक सुनिल शर्मालाई निर्माणस्थल देखाउनुका साथै उक्त क्षेत्र सफा गरिएको थियो ।

 

‘औपचारिक रुपमा निर्माणको काम दुई देशका प्रधानमन्त्रीले संयुक्त रुपमा शिलान्यास गरेपछि मात्रै सुरु हुनेछ,’ इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक गजुरेलले भने, ‘अहिले साइट खाली गर्नेदेखि मुढाहरु निकाल्ने र कम्पनीको कार्यालय निर्माण लगायतको काम हुनेछ ।’ उक्त क्षेत्रमा मंगलबारदेखि नै कटान गरिएका रुखका मुढा उखेल्ने र झाडी सफा गर्ने काम सुरु भइसकेको छ । अहिले प्रारम्भिक निर्माणको काम भइरहेको छ । घेरबारको काम पनि सुरु भइसकेको छ । अहिले झण्डा गाडेर सुक्खा बन्दरगाह निर्माणस्थलको क्षेत्र छुट्याइएको छ । अबको तीन वर्षभित्र काम सम्पन्न हुने अपेक्षा गरिएको छ । ‘सुक्खा बन्दरगाहबाट मालसामान आयात मात्रै हुने होइन, यो व्यापारिक पूर्वाधार हो, यहाँबाट पनि युरोप, अमेरिकातिर निर्यात गर्न सकिन्छ,’ गजुरेलले भने, ‘अब हामीले पनि निर्यातका लागि उद्योगहरु स्थापना गर्नुपर्छ ।’ उनले दुई दशकदेखि चर्चा चलेको सुक्खा बन्दरगाह निर्माणको चरण अघि बढेकोप्रति आफू निकै उत्साहित भएको बताए ।

 

सुक्खा बन्दरगाह निर्माणका लागि कम्ट कन्सट्रक्सनले २ अर्ब ४० करोड भारुमा ठेक्का पाएको छ । तीन वर्षभित्र काम सक्नेगरी ठेक्का सम्झौता भएको कन्सट्रक्सनका प्रबन्ध निर्देशक शर्माले बताए । ‘हामीलाई साइट हस्तान्तरण भइसकेको छ, अब निर्माण पूर्वका कार्य गर्नेछौं,’ शर्माले भने, ‘शिलान्यासपछि भने निर्माण कार्य अगाडि बढ्नेछ ।’ सुक्खा बन्दरगाह निर्माणका लागि दोधारा चाँदनी नगरपालिका १ मा रहेको गौरीशंकर सामुदायिक वनको ४२ दशमलव ३६ हेक्टरमा पर्ने १ हजार ७ सय २ रुख खाली गरिएको छ । अहिले ती रुखका मुढा हटाउने, झाडी पन्छाउने र खाल्डाखुल्डी भर्ने काम भइरहेको छ । मलेरिया नालादेखि निर्माणस्थल जाने बाटो समेत निर्माण गरिएको छ ।

 

सुक्खा बन्दरगाहका लागि ४२ हेक्टर बढी जमिन चर्चे पनि अहिले २५ दशमलव ३ हेक्टरमा मात्रै संरचना निर्माण गरिनेछन् । उक्त क्षेत्रमा प्रशासनिक भवन, गोदाम, भान्सार, सुरक्षा, क्वारेन्टिन घर र लोड अनलोड सेड निर्माण गरिने छ । साथै चारैतर्फ पर्खाल निर्माण गरिनेछ । ‘ढिलै भएपनि सुक्खा बन्दरगाह निर्माणको काम सुरु हुने भएको छ, हाम्रा लागि यो खुशीको कुरा हो,’ आद्योगिक तथा लगानी प्रबद्र्धन बोर्डका समस्य समेत रहेको व्यवसायी तेज चन्दले भने, ‘यसलाई जति सक्दो चाँडो निर्माण सकेर सञ्चालनमा ल्याउन सबैले प्रयास गर्नुपर्छ ।’ उनले सुक्खा बन्दरगाहले सुदूरपश्चिम मात्रै नभई नेपालकै विकासमा सहयोग पुग्ने बताए ।

 

आगामी भदौमा प्रधानमन्त्रीको भारत भ्रमणका बेला दुई देशका प्रधानमन्त्रीले संयुक्त रुपमा शिलान्यास गर्न सक्ने अपेक्षा गरिएको छ । त्यसपछि मात्रै अन्य संरचना निर्माण गरिने निर्माण कम्पनीले जनाएको छ । सुक्खा बन्दरगाहकै लागि महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण भइसकेको छ । गड्डाचौकीदेखि मलेरिया नालासम्म करिब ८ किलोमिटर पहुँचमार्ग समेत निर्माण भइसकेको छ । केही स्थानमा पहुँचमार्ग कालोपत्र गर्न बाँकी छ । भारततर्फ पनि राष्ट्रिय राजमार्गको चक्करपुरदेखि सुक्खा बन्दरगाहसम्मको पहुँचमार्ग निर्माण भइरहेको छ । दुई वर्षअघिदेखि नै उक्त क्षेत्रमा पहुँचमार्ग निर्माणको काम भइरहेको हो ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

साउनदेखि बिजुली महँगिँदै, व्यावसायिक ग्राहकलाई १३ र घरायसीलाई ५ प्रतिशत भ्याट

साउनदेखि बिजुली महँगिँदै, व्यावसायिक ग्राहकलाई १३ र घरायसीलाई ५ प्रतिशत भ्याट

ऊर्जामन्त्री श्रेष्ठ भन्छन्– पोखरा बैठकबाट ऊर्जा व्यापारमा दूरगामी निर्णय

ऊर्जामन्त्री श्रेष्ठ भन्छन्– पोखरा बैठकबाट ऊर्जा व्यापारमा दूरगामी निर्णय

साउनमा वाणिज्य बैंकहरूको ब्याजदर झन् सस्तो, ६ बैंकले घटाउँदा १४ को स्थिर

साउनमा वाणिज्य बैंकहरूको ब्याजदर झन् सस्तो, ६ बैंकले घटाउँदा १४ को स्थिर

सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ

सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

किष्ट हस्पिटलद्वारा १५औँ कलेजो प्रत्यारोपण सम्पन्न: नेपालमै उच्च सफलताको कीर्तिमान

किष्ट हस्पिटलद्वारा १५औँ कलेजो प्रत्यारोपण सम्पन्न: नेपालमै उच्च सफलताको कीर्तिमान

ओली-लेखक पक्राउ गर्ने यस्तो थियो मन्त्रिपरिषद्को निर्णय र पक्राउ पुर्जी (पत्रहरूसहित)

ओली-लेखक पक्राउ गर्ने यस्तो थियो मन्त्रिपरिषद्को निर्णय र पक्राउ पुर्जी (पत्रहरूसहित)