बड्डीचौर–खम्बगाडे सडकः तीन वर्षपछि रुख काट्न सम्झौता, असारसम्म कालोपत्रे

सुर्खेत । तीन वर्षदेखि अलपत्र जस्तै बनेको बड्डीचौर–खम्बगाडे सडकको विवाद अन्तत टुंगिएको छ । सडक निर्माण पूर्व गरिनुपर्ने कानुनीगत प्रक्रिया पूरा नगरेर प्रदेश सरकारले ठेक्का व्यवस्थापन गर्दा निर्माणले गति लिन सकेको थिएन् । संघीय सरकारको स्वामित्वको सडक हुनु र रुख कटानका अल्झन जस्ता कारणले असार ०७९ मै ठेक्का आह्वान गरिएको सडकको निर्माण कछुवा गति थियो । तीन वर्षपछि अन्तत रुख कटानका लागि वन तथा भू संरक्षण विभाग, मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालय र कर्णाली प्रदेशको पूवाधार विकास निर्देशनालयविच त्रिपक्षीय सम्झौता भएको छ । बड्डीचौर–खम्बगाडे सडकको दुरी १३ किलोमिटर छ । सडक विस्तारको क्रममा रहेका रुखहरु हटाउन प्रक्रियागत ढिलाइले निर्माण सुस्त छ । सडकमा पर्ने ८६४ वटा विद्युतका पोल र रुख हटाउने अवरोध खुलेको हो ।

रुख कटानको लागि सम्झौता गरिएसँगै सडक निर्माणले गति लिने पूर्वाधार विकास निर्देशनालय सुर्खेतका प्रमुख सूर्यबहादुर शाही बताउँछन् । ‘निर्माणकै चरणदेखि विविध समस्याहरु सिर्जना भए,’ शाही भन्छन्, ‘प्रक्रियागत रुपमा विवाद सल्टाउदै जाँदा अन्तिम चरणको रुख कटान सम्झौता गरेका छौं । कम्तिमा एक हप्ताभित्र रुख काट्न शुरु गर्छौं ।’ अहिले बड्डीचौर बजारदेखि गिभिनेसम्म झण्डै ६ किलोमिटर र खम्बगाडेतर्फ एक किलोमिटर सडकमा नाला, सपोर्ट वाल र कल्भर्ट निर्माण गरिएको छ । ब्यूरेनी क्षेत्रमा रुखका कारण सडक विस्तारको काम रोकिएको थियो ।

 

असार २०८१ मै कालोपत्रे सकिसक्नु पर्नेमा निर्माण व्यवसायीले रुखको कारण देखाउँदै निर्माणमा ढिलाइ गरिरहेको थियो । ‘रुख कटान लगत्तै निर्माणको गति बढ्छ,’ शाही भन्छन्, ‘अल्झनहरु सबै टुंगिएकाले आगामी असारसम्म कालोपत्रे सकिन्छ ।’ सडक ट्याक खोलीको करिव ३० वर्षपछि पश्चिम सुर्खेतको बड्डीचौर–विद्यापुर–वेनीघाट सडक कालोपत्रे गर्न तीन खण्डमा काम भइरहेको छ । मदन भण्डारी राजमार्ग नामाकरण गरिएको सडकको पहिलो खण्डअन्तरगत बड्डीचौरदेखी कालोपत्रे गर्न ४२ करोड ४७ लाख ६१ हजारमा अनक जयदेवी जेभी बाँकेले सम्झौता गरेको हो ।

 

जयदेवीका सञ्चालकले अपेक्षाकृत काम गर्न नसकेपछि अनकले निर्माणको पूरै जिम्मेवारी लिएको छ । रुख कटान साउन महिनाभित्रै सकिए असारसम्म काम सक्ने बचन अनकले निर्देशनालयलाई दिएको छ । बड्डीचौरलाई शून्य विन्दु मानेर तीन वर्षअघि नै यो सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) गरिएको थियो । तर संघ सरकारले सडक निर्माणमा चासो नदेखाएपछि कर्णाली प्रदेश सरकारले पश्चिम नागरिकलाई सहज यात्राका लागि सडक कालोपत्रे गर्न अपनत्व लिएको हो । खम्बगाडे–बावियाचौर र बावियाचौर–विद्यापुर १० किलोमिटर सडक निर्माणको जिम्मा डिभिजन सडक कार्यालय सुर्खेतले लिएको छ ।

 

मदन भण्डारी राजमार्गको काम धामधम

मदन भण्डारीले सुर्खेतमा मात्रै झण्डै १५८ किलोमिटर पर्छ । योमध्य भेडावारी–बोटेचौर–रैकर–बालुवासंग्रही (छिन्चु–जाजरकोड–डोल्पा) सडक करिव १२, धुलियाविट–बाँगेशीमल (फोरलेन) सडक आठ र बाँगेशीमल–बड्डीचौर (कर्णाली राजमार्ग) सडक ३० किलोमिटर कालोपत्रे भइसकेको छन् । बाँकी खण्डमा मदन भण्डारी र कर्णाली सरकारले काम गरिरहेकाले अबको तीन वर्षमा यो राजमार्गले पूर्णता पाउँदैछ । मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतले पूर्वमा २८ असार २०७८ बाट काम थालेको हो । २०३२ सालमा ट्र्याक खोलिएको धुलियाविट–भेडावारी सडक ४६ वर्षमा कालोपत्रेका लागि ठेक्का लागेको हो । ३५ किलोमिटर दुरीको सडकको कालोपत्रे अन्तिम चरणमा छ । कालिका केएस भेरासी जेभीले एक अर्ब तीन करोड लागतमा निर्माण गरिरहेको छ ।

 

सुर्खेत पश्चिमको बड्डीचौरबाट मदन भण्डारी राजमार्ग लगाम भएर पाल्पाघाट जोडिन्छ । यो खण्डमा राजमार्गको दुरी ८५ किलोमिटर छ । तर यो सडकको ट्र्याक २०५१ सालमा खोलिएको हो । मदन भण्डारी राजमार्ग योजनाले विद्यापुर–गुटु–विजौरा–बल्दे २२ किलोमिटर सडक निर्माण १७ फागुन २०७९ बाट शुरु गरेको हो । एक अर्ब २१ करोड लागतमा रहेको सडकको निर्माण जिम्मा बानियाँ मोतिदान डि.एस.जेभी काठमाडौंले पाएको छ । २०८२ फागुन १६ गतेसम्म कालोपत्रे सक्ने म्याद रहेको छ । मदन भण्डारीले तेस्रो प्याकेज अन्तरगत चौर खोला–सालकोट–चत्तुरे चोक–दुलालथाई–विद्यापुर १० र बल्दे–लगाम १५ गरी २५ किलोमिटर सडक निर्माण जिम्मा दिवा यती जेभी काठमाडौंले पाएको छ ।
सुदूर र कर्णाली जोड्ने छोटो मार्ग

 

कैलालीमा पर्ने चिसापानी कुनै बेला सुनदेखि नुनसम्म किन्न जाने बजार हो । ६० को दशकसम्म साविक कर्णाली र भेरी तथा सेती अञ्चलका अधिकाँश नागरिकहरु गाउँमा उत्पादित वस्तुको विक्रीदेखि आवश्यक सामान खरिद गर्न पैदलै हिडेर त्यहीँ चिसापानी पुग्थे । सडक निर्माणको गति पहाड र हिमालसम्मै पुगेपछि कुनै बेलाको चर्चित चिसापानी बजारको अस्तित्व धरापमा छ । पैदल मार्च गर्ने गोरेटो बाटोमा अचेल गाडी गुड्ने सडक बनेको छ । चिसापानी भएरै राजापुरसम्म आवश्यक सामग्री लिन जानेहरुलाई घर आँगनमै सामान गाडीले पु¥याइदिने सुविधा दिइरहेका छन् । सुदूरपश्चिमबाट कर्णाली र कर्णालीबाट सुदूरपश्चिम जाने छोटो मार्ग हो बड्डीचौर–बावियाचौर–कुइने–चिसापानी सडक । सुदूपश्चिमकै अछाम, बाजुराबाट तराई पुग्न होस् वा पहाड पुग्ने छोटो मार्गपनि यहीँ हो ।

 

चिसापानीबाट कैलालीकै कुइनेसम्म १२ किलोमिटर सडक हो । चिसापानी क्षेत्रको दुई किलोमिटर सडक कालोपत्रे छ । बाँकी पाँच किलोमिटर सडक कालोपत्रेका लागि सडक डिभिजन कञ्चनपुरले रुख कटान सकेर काम गरिरहेको छ । यो सडकको लाग १२ करोड छ । सुदूरपश्चिम प्रदेशबाट कर्णाली भित्रने र बाहिरिने सबैभन्दा छोटो सडक हो चिसापानी–बावियाचौर सडक । कुईनस्थित कर्णाली नदी र जामुमा रहेको भेरी नदीमा पक्की पुल निर्माणपछि सञ्चालनमा आएपछि त्रिदेशीय जोड्ने सडक छिटो निर्माण गर्न सरकारलाई दवाव बढेको हो ।

 

यहीँ सडक भएर कर्णालीका सुर्खेतसहित दैलेख, कालिकोट, जुम्ला, हुम्लाका नागरिकलाई सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जान र फर्किन छोटो हुन्छ । कर्णाली राजमार्गको जमुनाह–हिल्सा त्रिदेशीय सडक जोडिएको छ । बावियाचौर–जंगलघाट सडक अझै स्तरोन्नति नभए तत्कालका लागि बड्डीचौरबाट कर्णाली राजमार्ग भएर यात्रा गर्न सहज हुनेछ । चिसापानीबाट बड्डीचौरसम्मको दुरी ४८ किलोमिटर छ । हिउँदको समयमा कैलालीबाट अछाम जाने दर्जन बढी सवारीहरु चिसापानीबाट सुर्खेत–दैलेख भएर अछामको कमलबजार र मंगलसैन पुग्ने गरेका छन् । कैलालीको चिसापानीबाट कोहलपुर–सुर्खेतहुँदै बाहिरिन र भित्रनु पर्छ । कैलालीबाट अछाम पुग्न मात्रै चिसापानी–कोहलपुर ७७, कोहलपुर–वीरेन्द्रनगर ९० र वीरेन्द्रनगर–बेलखेतहुँदै मंगलसेन अछाम १५९ किलोमिटर गरी ३२६ किलोमिटर दुरी तय गर्नुपर्ने अवस्थामा छ । बड्डीचौर–बावियाचौर–कुइने–चिसापानी सडक निर्माण सम्पन्न भए कर्णालीका सुर्खेत, दैलेख, कालिकोट, मुगु, हुम्ला, जुम्ला र सुदूर पश्चिमको कैलाली, कञ्चनपुर, बाजुरा तथा अछाम आवतजावत गर्ने छोटो मार्ग बन्नेछ ।

 

पञ्चपुरी नगरपालिका सुर्खेत र तुर्माखाँद गाउँपालिका अछामको सीमानामा पर्ने जंगलाघाटको कर्णाली नदीमा पक्की पुल निर्माण गर्न लागिएको हो । पुल निर्माणका लागि ८ साउन २०७८ मै सम्झौता गरिएको हो । १० कार्तिक २०८३ मा कर्णाली नदीमा पुक्की पुल निर्माण सम्पन्न गर्नेगरी म्याद थप गरिएको छ । १६ करोड ५८ लाख ६४ हजार लागत रहेको पुल निर्माणको जिम्मा लामा कन्ट्रक्शन प्रा.लि. काठमाडौंले लिएको छ ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

साउनदेखि बिजुली महँगिँदै, व्यावसायिक ग्राहकलाई १३ र घरायसीलाई ५ प्रतिशत भ्याट

साउनदेखि बिजुली महँगिँदै, व्यावसायिक ग्राहकलाई १३ र घरायसीलाई ५ प्रतिशत भ्याट

ऊर्जामन्त्री श्रेष्ठ भन्छन्– पोखरा बैठकबाट ऊर्जा व्यापारमा दूरगामी निर्णय

ऊर्जामन्त्री श्रेष्ठ भन्छन्– पोखरा बैठकबाट ऊर्जा व्यापारमा दूरगामी निर्णय

साउनमा वाणिज्य बैंकहरूको ब्याजदर झन् सस्तो, ६ बैंकले घटाउँदा १४ को स्थिर

साउनमा वाणिज्य बैंकहरूको ब्याजदर झन् सस्तो, ६ बैंकले घटाउँदा १४ को स्थिर

सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ

सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

किष्ट हस्पिटलद्वारा १५औँ कलेजो प्रत्यारोपण सम्पन्न: नेपालमै उच्च सफलताको कीर्तिमान

किष्ट हस्पिटलद्वारा १५औँ कलेजो प्रत्यारोपण सम्पन्न: नेपालमै उच्च सफलताको कीर्तिमान

ओली-लेखक पक्राउ गर्ने यस्तो थियो मन्त्रिपरिषद्को निर्णय र पक्राउ पुर्जी (पत्रहरूसहित)

ओली-लेखक पक्राउ गर्ने यस्तो थियो मन्त्रिपरिषद्को निर्णय र पक्राउ पुर्जी (पत्रहरूसहित)