एमसीसी पुनः सुचारु, अमेरिकाले नेपाललाई पठायो पत्र

काठमाण्डौ । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पुनः कार्यान्वयनको चरणमा प्रवेश गरेको छ।

नेपाल सरकारलाई साउन ८ गते (जुलाई २४, २०२५) मा एमसीसीले पठाएको पत्रअनुसार अमेरिकी राष्ट्रपतिको कार्यकारी आदेशअनुसार भएको परियोजना पुनरावलोकन प्रक्रिया औपचारिक रूपमा समाप्त भएको छ। अर्थ मन्त्रालयका अनुसार अब एमसीसी परियोजना कार्यान्वयनमा कुनै अवरोध नरहने स्पष्ट संकेत आएको छ।

पत्रमा नेपालमा एमसीसी परियोजनाको कार्यान्वयनलाई निरन्तरता दिन स्पष्ट सिफारिस गरिएको उल्लेख छ।

नेपाल सरकार र एमसीसीबीच २०७४ भदौ २९ गते सम्झौता भएको थियो। सम्झौता अनुसार नेपालमा विद्युत् प्रसारण लाइन निर्माण र सडक स्तरोन्नति जस्ता पूर्वाधार परियोजनाहरू सञ्चालन गर्ने सहमति भएको थियो।

तर सन् २०२५ को सुरुवातमा अमेरिकी राष्ट्रपति कार्यालयबाट परियोजना पुनरावलोकनमा राख्ने निर्णय भएपछि परियोजना केही समयका लागि स्थगित भएको थियो।

हाल पुनरावलोकन प्रक्रिया टुंगिएपछि नेपाल कम्प्याक्ट अन्तर्गतका कार्यहरू फेरि अगाडि बढ्ने अर्थ मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

ट्रेन्डिङ

सम्बन्धित समाचार

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

साउनदेखि बिजुली महँगिँदै, व्यावसायिक ग्राहकलाई १३ र घरायसीलाई ५ प्रतिशत भ्याट

साउनदेखि बिजुली महँगिँदै, व्यावसायिक ग्राहकलाई १३ र घरायसीलाई ५ प्रतिशत भ्याट

ऊर्जामन्त्री श्रेष्ठ भन्छन्– पोखरा बैठकबाट ऊर्जा व्यापारमा दूरगामी निर्णय

ऊर्जामन्त्री श्रेष्ठ भन्छन्– पोखरा बैठकबाट ऊर्जा व्यापारमा दूरगामी निर्णय

साउनमा वाणिज्य बैंकहरूको ब्याजदर झन् सस्तो, ६ बैंकले घटाउँदा १४ को स्थिर

साउनमा वाणिज्य बैंकहरूको ब्याजदर झन् सस्तो, ६ बैंकले घटाउँदा १४ को स्थिर

सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ

सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

किष्ट हस्पिटलद्वारा १५औँ कलेजो प्रत्यारोपण सम्पन्न: नेपालमै उच्च सफलताको कीर्तिमान

किष्ट हस्पिटलद्वारा १५औँ कलेजो प्रत्यारोपण सम्पन्न: नेपालमै उच्च सफलताको कीर्तिमान

ओली-लेखक पक्राउ गर्ने यस्तो थियो मन्त्रिपरिषद्को निर्णय र पक्राउ पुर्जी (पत्रहरूसहित)

ओली-लेखक पक्राउ गर्ने यस्तो थियो मन्त्रिपरिषद्को निर्णय र पक्राउ पुर्जी (पत्रहरूसहित)