सार्वजनिक स्थानमा वाईफाई हटस्पट सञ्चालन गर्न आईएसपीलाई कडाइ

काठमाडौँ । सार्वजनिक स्थानमा वाईफाई हटस्पट सञ्चालन गर्न इन्टरनेट सेवा प्रदायक (आईएसपी)लाई कडाइ गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गर्दै आधारभूत दूरसञ्चार सेवा, मोबाइल टेलिफोन सेवा र आधारभूत टेलिफोन सेवा प्रदायकबाहेक अरू सेवा प्रदायकलाई यस्तो सञ्चालनमा कडाइ गरेको हो ।

अहिले यस्ता सेवा प्रदायकले वाईफाइको माध्यमबाट सिमलेस कनेक्टिभिटी रोमिङ वा मोबिलिटी सेवा प्रदान गर्न सकिने व्यवस्था छ । ती प्रदायक बाहेक अन्य अनुमतिपत्र प्राप्त गरेका सेवा प्रदायकले प्राधिकरणको वाईफाई हटस्पट सञ्चालनसम्बन्धी विनियमावली अन्तर्गत कुनै निश्चित क्षेत्र वा परिधिभित्र वाईफाई हटस्पट सञ्चालन गर्न सक्ने, साथै एक पटक लगइन गर्दा निश्चित समयावधिको लागि मात्रै वाईफाई हटस्पट सेवा प्रयोग गर्न सक्ने शर्तको पालना गर्न प्राधिकरणले आग्रह गरेको छ ।

साथै वाईफाई हटस्पट सेवा सञ्चालन गर्दा रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले तोकिदिएको दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी नीति बमोजिम पावर लिमिट, ब्याकहल, ब्याकबोन रेस्ट्रिक्सन लगायतका शर्त अनिवार्य रुपमा पालना गरी प्राधिकरणबाट टाइप अप्रुभल भएको रेडियो उपकरण मात्र प्रयोग गर्न गराउन प्राधिकरणले सचेत गराएको छ । अन्यथा प्रचलित कानुन बमोजिम कारवाही गरिने चेतावनी समेत प्राधिकरणले दिएको छ ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले अहिलेको सूचना कुनै नयाँ व्यवस्था नभएको भन्दै पुरानै व्यवस्थालाई कार्यान्वयन गर्न सूचना जारी गरिएको उल्लेख गरे । मोबाइल तथा टेलिफोन सेवा प्रदायक कम्पनीको सेवाको प्रकृति तथा लाइसेन्सको शुल्क तथा सर्तहरू फरक फरक हुने भन्दै यस्तो व्यवस्था गर्नु आवश्यक रहेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

ट्रेन्डिङ

सम्बन्धित समाचार

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

साउनदेखि बिजुली महँगिँदै, व्यावसायिक ग्राहकलाई १३ र घरायसीलाई ५ प्रतिशत भ्याट

साउनदेखि बिजुली महँगिँदै, व्यावसायिक ग्राहकलाई १३ र घरायसीलाई ५ प्रतिशत भ्याट

ऊर्जामन्त्री श्रेष्ठ भन्छन्– पोखरा बैठकबाट ऊर्जा व्यापारमा दूरगामी निर्णय

ऊर्जामन्त्री श्रेष्ठ भन्छन्– पोखरा बैठकबाट ऊर्जा व्यापारमा दूरगामी निर्णय

साउनमा वाणिज्य बैंकहरूको ब्याजदर झन् सस्तो, ६ बैंकले घटाउँदा १४ को स्थिर

साउनमा वाणिज्य बैंकहरूको ब्याजदर झन् सस्तो, ६ बैंकले घटाउँदा १४ को स्थिर

सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ

सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

किष्ट हस्पिटलद्वारा १५औँ कलेजो प्रत्यारोपण सम्पन्न: नेपालमै उच्च सफलताको कीर्तिमान

किष्ट हस्पिटलद्वारा १५औँ कलेजो प्रत्यारोपण सम्पन्न: नेपालमै उच्च सफलताको कीर्तिमान

ओली-लेखक पक्राउ गर्ने यस्तो थियो मन्त्रिपरिषद्को निर्णय र पक्राउ पुर्जी (पत्रहरूसहित)

ओली-लेखक पक्राउ गर्ने यस्तो थियो मन्त्रिपरिषद्को निर्णय र पक्राउ पुर्जी (पत्रहरूसहित)