चितवन निकुञ्जमा बाघ पाल्न बजेट अभाव

काठमाण्डौ । चितवन राष्ट्रिय निकुञ्जमा नियन्त्रणमा लिइएका बाघ पाल्न बजेट अभाव भएको छ। निकुञ्जको विभिन्न खोरमा राखिएका सात बाघको हेरचाह र आहाराका लागि आवश्यक बजेट नहुँदा समस्या भएको हो।

निकुञ्जको कसरामा तीन, सौराहामा दुई र देवनगरमा दुई गरी हाल सात बाघ खोरमा राखिएका छन्। मानव बस्तीमा पसेका, बिरामी वा आक्रामक व्यवहार देखाउने बाघलाई नियन्त्रणमा लिएर खोरमा राख्ने गरिन्छ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार सात बाघको मासु खुवाइ तथा हेरचाहका लागि वार्षिक झण्डै ३० लाख रुपैयाँ खर्च लाग्छ। तर सरकारले बाघका लागि वार्षिक पाँच लाख रुपैयाँ मात्र छुट्याउँदै आएको छ। “गत आर्थिक वर्षमा मात्रै २२ लाख बराबरको मासुको भुक्तानी गर्न बाँकी छ,” थापामगरले जानकारी दिए।

उनका अनुसार एउटा बाघलाई दैनिक पाँचदेखि सात किलोसम्म राँगाको मासु आवश्यक पर्छ। मासिक खर्च दुई लाख रुपैयाँभन्दा बढी हुने भए पनि निकुञ्जले नियमित मासु खुवाइरहेको छ।

थप बाघ राख्ने ठाउँ नहुँदा निकुञ्जले केही बाघलाई अन्यत्र सार्नु परेको छ। गत वर्ष एक बाघ पर्सा राष्ट्रिय निकुञ्ज पठाइएको थियो।

पछिल्लो तथ्यांकअनुसार चितवन राष्ट्रिय निकुञ्जमा १२८ वयस्क पाटे बाघ छन्। आहारा प्रजाति बढेसँगै बाघको सङ्ख्या पनि वृद्धि भएको हो।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

ट्रेन्डिङ

सम्बन्धित समाचार

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

साउनदेखि बिजुली महँगिँदै, व्यावसायिक ग्राहकलाई १३ र घरायसीलाई ५ प्रतिशत भ्याट

साउनदेखि बिजुली महँगिँदै, व्यावसायिक ग्राहकलाई १३ र घरायसीलाई ५ प्रतिशत भ्याट

ऊर्जामन्त्री श्रेष्ठ भन्छन्– पोखरा बैठकबाट ऊर्जा व्यापारमा दूरगामी निर्णय

ऊर्जामन्त्री श्रेष्ठ भन्छन्– पोखरा बैठकबाट ऊर्जा व्यापारमा दूरगामी निर्णय

साउनमा वाणिज्य बैंकहरूको ब्याजदर झन् सस्तो, ६ बैंकले घटाउँदा १४ को स्थिर

साउनमा वाणिज्य बैंकहरूको ब्याजदर झन् सस्तो, ६ बैंकले घटाउँदा १४ को स्थिर

सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ

सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

किष्ट हस्पिटलद्वारा १५औँ कलेजो प्रत्यारोपण सम्पन्न: नेपालमै उच्च सफलताको कीर्तिमान

किष्ट हस्पिटलद्वारा १५औँ कलेजो प्रत्यारोपण सम्पन्न: नेपालमै उच्च सफलताको कीर्तिमान

ओली-लेखक पक्राउ गर्ने यस्तो थियो मन्त्रिपरिषद्को निर्णय र पक्राउ पुर्जी (पत्रहरूसहित)

ओली-लेखक पक्राउ गर्ने यस्तो थियो मन्त्रिपरिषद्को निर्णय र पक्राउ पुर्जी (पत्रहरूसहित)