इप्पानको आपत्ति : “सीडीएससीको प्रस्तावले पुँजी बजार र ऊर्जा क्षेत्रमा संकट निम्त्याउँछ”

काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को नयाँ प्रस्तावप्रति स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले कडा आपत्ति जनाउँदै तत्काल फिर्ता लिन माग गरेको छ।

सीडीएससीले संस्थापक समूहको शेयरका लागि छुट्टाछुट्टै ISIN नम्बर दिने प्रस्ताव नेपाल धितोपत्र बोर्डमा पठाएको छ। इप्पानले उक्त प्रस्ताव कार्यान्वयन भएमा पुँजीबजारमा अन्यौल, अनिश्चितता र विदेशी तथा स्वदेशी लगानीमा गिरावट आउने ठहर गरेको छ।

इप्पानले भनेको छ, एउटै ISIN नम्बर प्रणालीका कारण बजारमा तरलता कायम छ, तर छुट्टाछुट्टै नम्बर राखेमा बजारमा गम्भीर संकट निम्तिन सक्छ। यसले सरकारको पुँजीगत लाभकर तथा ब्रोकर कम्पनीहरू र नेप्सेको कमिसन आम्दानीमा समेत गिरावट ल्याउने इप्पानको दाबी छ।

ऊर्जा क्षेत्रमा मात्र हाल ४७ आयोजनाअन्तर्गत ५३ अर्ब रुपैयाँका ५३ करोड कित्ता शेयर प्रभावित हुने देखिएको छ। ५८ उद्योगका ८७ अर्ब बराबरका शेयर लकिङ पेरियडमा रहेकाले पनि प्रतिकूल असर पर्ने इप्पानले जनाएको छ।

इप्पानले सिडिएससीको प्रस्तावलाई गैरकानुनीसमेत भनेको छ र यसले लगानीकर्ता गुमाउने, स्टार्टअप, पर्यटन, स्वास्थ्य, पूर्वाधार, भेन्चर क्यापिटल लगायत क्षेत्रमा असर पर्ने उल्लेख गरेको छ।

सरकारको १० वर्षभित्र २८,५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य र ६१ खर्ब रुपैयाँको लगानी योजनामा समेत यस प्रस्तावले असर पार्ने इप्पानको भनाइ छ।

इप्पानले अर्थ मन्त्रालय, धितोपत्र बोर्ड र नियामक निकायहरूलाई तत्काल हस्तक्षेप गरी प्रस्ताव फिर्ता गराउन आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

ट्रेन्डिङ

सम्बन्धित समाचार

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

साउनदेखि बिजुली महँगिँदै, व्यावसायिक ग्राहकलाई १३ र घरायसीलाई ५ प्रतिशत भ्याट

साउनदेखि बिजुली महँगिँदै, व्यावसायिक ग्राहकलाई १३ र घरायसीलाई ५ प्रतिशत भ्याट

ऊर्जामन्त्री श्रेष्ठ भन्छन्– पोखरा बैठकबाट ऊर्जा व्यापारमा दूरगामी निर्णय

ऊर्जामन्त्री श्रेष्ठ भन्छन्– पोखरा बैठकबाट ऊर्जा व्यापारमा दूरगामी निर्णय

साउनमा वाणिज्य बैंकहरूको ब्याजदर झन् सस्तो, ६ बैंकले घटाउँदा १४ को स्थिर

साउनमा वाणिज्य बैंकहरूको ब्याजदर झन् सस्तो, ६ बैंकले घटाउँदा १४ को स्थिर

सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ

सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

किष्ट हस्पिटलद्वारा १५औँ कलेजो प्रत्यारोपण सम्पन्न: नेपालमै उच्च सफलताको कीर्तिमान

किष्ट हस्पिटलद्वारा १५औँ कलेजो प्रत्यारोपण सम्पन्न: नेपालमै उच्च सफलताको कीर्तिमान

ओली-लेखक पक्राउ गर्ने यस्तो थियो मन्त्रिपरिषद्को निर्णय र पक्राउ पुर्जी (पत्रहरूसहित)

ओली-लेखक पक्राउ गर्ने यस्तो थियो मन्त्रिपरिषद्को निर्णय र पक्राउ पुर्जी (पत्रहरूसहित)