छ्याङ्दी हाइड्रोको अवितरित हकप्रद शेयर आजबाट लिलामीमा बिक्री खुला

काठमाण्डौ। छ्याङ्दी हाइड्रोपावरले आज साउन १४ गतेबाट अवितरित हकप्रद शेयर लिलामी प्रक्रिया मार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत जेठ २३ गतेदेखि असार २७ गतेसम्म हाल कायम चुक्ता पूँजी ३८ करोड ६९ लाख ७७ हजार रुपैयाँ बराबरको १ः१ को अनुपात शतप्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको थियो ।

सो अवधिभित्र बिक्री हुन नसेको शेयर लिलामी प्रक्रिया मार्फत बिक्री गर्न लागेको हो । जसमा बिक्री हुन नसकेको २ लाख ९८ हजार ८३२ कित्ता शेयर बोलकबोल बढाबढ मार्फत बिक्री गर्ने भएको हो । सो शेयर खरिद गर्न ईच्छुक जो कोही व्यक्ति, संस्था वा कम्पनीलाई साउन २१ गतेभित्र तोकिएको संकलन केन्द्रमा आइपुग्ने गरी प्रति कित्ता के कति रेटमा लिन कबुल गर्ने हो सो खुलाई निवेदन दिन कम्पनीले भनेको छ ।

शेयरको बोलपत्र आवेदन फारम ग्लोबल आइएमई क्यापिटलको प्रधान कार्यालय, नक्साल काठमाडौं, ग्लोबल आइएमई बैंक, शाखा कार्यालय बिर्तामोड, विराटनगर, बीरगञ्ज, जनकपुर, नारायणगढ, न्युरोड, बुटवल, हेटौंडा, घोराही, धनगढी, महेन्द्रनगरबाट पाइनेछ ।

सो शेयरमा आज साउन १४ गतेबाट साउन २१ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।

बिक्रीमा राखिने शेयरमा इच्छुका जोहीकोही व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

ट्रेन्डिङ

सम्बन्धित समाचार

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

साउनदेखि बिजुली महँगिँदै, व्यावसायिक ग्राहकलाई १३ र घरायसीलाई ५ प्रतिशत भ्याट

साउनदेखि बिजुली महँगिँदै, व्यावसायिक ग्राहकलाई १३ र घरायसीलाई ५ प्रतिशत भ्याट

ऊर्जामन्त्री श्रेष्ठ भन्छन्– पोखरा बैठकबाट ऊर्जा व्यापारमा दूरगामी निर्णय

ऊर्जामन्त्री श्रेष्ठ भन्छन्– पोखरा बैठकबाट ऊर्जा व्यापारमा दूरगामी निर्णय

साउनमा वाणिज्य बैंकहरूको ब्याजदर झन् सस्तो, ६ बैंकले घटाउँदा १४ को स्थिर

साउनमा वाणिज्य बैंकहरूको ब्याजदर झन् सस्तो, ६ बैंकले घटाउँदा १४ को स्थिर

सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ

सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

किष्ट हस्पिटलद्वारा १५औँ कलेजो प्रत्यारोपण सम्पन्न: नेपालमै उच्च सफलताको कीर्तिमान

किष्ट हस्पिटलद्वारा १५औँ कलेजो प्रत्यारोपण सम्पन्न: नेपालमै उच्च सफलताको कीर्तिमान

ओली-लेखक पक्राउ गर्ने यस्तो थियो मन्त्रिपरिषद्को निर्णय र पक्राउ पुर्जी (पत्रहरूसहित)

ओली-लेखक पक्राउ गर्ने यस्तो थियो मन्त्रिपरिषद्को निर्णय र पक्राउ पुर्जी (पत्रहरूसहित)