नागरिक लगानी कोषको नाफा सवा १ अर्ब पार, लगानी १८.६५% वृद्धि

काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी)ले आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब २५ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको १ अर्ब १० करोड २४ लाख नाफाको तुलनामा यो १३.७१ प्रतिशतले बढी हो।

समीक्षा वर्षमा ब्याज आम्दानी २३.७५ प्रतिशत घटेर ३३ करोड ७४ लाख रुपैयाँमा सीमित भए पनि सेवा शुल्क तथा कमिसनबापतको आम्दानी १७.१७ प्रतिशतले बढ्दै १ अर्ब ६५ करोड ३५ लाख रुपैयाँ पुगेको छ।

चुक्तापुँजी ६ अर्ब ४८ करोड १७ लाख रुपैयाँ रहेको कोषको जगेडा कोषलगायतको कुल आकार ०.७७ प्रतिशतले बढेर ३ खर्ब ११ अर्ब ६ करोड रुपैयाँ पुगेको छ।

गत वर्षको तुलनामा कोषको कुल लगानी २ खर्ब ८९ अर्ब १६ करोड रुपैयाँमा पुगेको छ, जसमा १८.६५ प्रतिशतको वृद्धि भएको हो। समीक्षावर्षमा वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १९.३४ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १६४.२३ रुपैयाँ रहेको छ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

ट्रेन्डिङ

सम्बन्धित समाचार

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

साउनदेखि बिजुली महँगिँदै, व्यावसायिक ग्राहकलाई १३ र घरायसीलाई ५ प्रतिशत भ्याट

साउनदेखि बिजुली महँगिँदै, व्यावसायिक ग्राहकलाई १३ र घरायसीलाई ५ प्रतिशत भ्याट

ऊर्जामन्त्री श्रेष्ठ भन्छन्– पोखरा बैठकबाट ऊर्जा व्यापारमा दूरगामी निर्णय

ऊर्जामन्त्री श्रेष्ठ भन्छन्– पोखरा बैठकबाट ऊर्जा व्यापारमा दूरगामी निर्णय

साउनमा वाणिज्य बैंकहरूको ब्याजदर झन् सस्तो, ६ बैंकले घटाउँदा १४ को स्थिर

साउनमा वाणिज्य बैंकहरूको ब्याजदर झन् सस्तो, ६ बैंकले घटाउँदा १४ को स्थिर

सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ

सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

किष्ट हस्पिटलद्वारा १५औँ कलेजो प्रत्यारोपण सम्पन्न: नेपालमै उच्च सफलताको कीर्तिमान

किष्ट हस्पिटलद्वारा १५औँ कलेजो प्रत्यारोपण सम्पन्न: नेपालमै उच्च सफलताको कीर्तिमान

ओली-लेखक पक्राउ गर्ने यस्तो थियो मन्त्रिपरिषद्को निर्णय र पक्राउ पुर्जी (पत्रहरूसहित)

ओली-लेखक पक्राउ गर्ने यस्तो थियो मन्त्रिपरिषद्को निर्णय र पक्राउ पुर्जी (पत्रहरूसहित)