राष्ट्रिय स्तरका विकास बैंकको ४ अर्ब ५९ करोड खुद नाफा

काठमाडौं । राष्ट्रिय स्तरका विकास बैंकको नाफा २२ प्रतिशत बढेको छ । गत आर्थिक वर्षमा आठ विकास बैंकले साढे अर्ब नाफा कमाएका छन् । अघिल्लो आर्थिक वर्षमा ती बैंकहरुले ४ अर्ब ५९ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । तर, गत वर्ष भने २२.०१ प्रतिशत बढेर ५ अर्ब ६० करोड ७७ लाख ७१ हजार रुपैयाँ कायम भएको छ ।

नाफामा मुक्तिनाथ विकास बैंकले पहिलो बनेको छ । बैंकले एकै वर्ष १ अर्ब ५३ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको तुलनामा ३०.७० प्रतिशत धेरै हो । अघिल्लो वर्ष पनि बैंक १ अर्ब १७ करोड ६३ लाख रुपैयाँ नाफा कमाएको थियो । नाफा रकमको आधारमा दोस्रो स्थानमा गरिमा विकास बैंक छ । बैंककले पनि १ अर्ब ३१ करोड ३ लाख ९ ९२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफा वृद्धिदरका आधारमा भने गरिमा पहिलो छ ।

बैंकको नाफा २०१.९७ प्रतिशत बढेको देखिन्छ । अघिल्लो वर्ष बैंकले ४३ करोड ३९ लाख ५१ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो । यो वर्ष दुई विकास बैंक मुक्तिानाथ र गरिमा मात्रै अर्ब क्लबमा देखिएका छन् । नाफा रकमको आधारमा तेस्रो स्थानमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक छ । बैंकले गत वर्ष ६८ करोड ८६ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष पनि बैंकले ६८ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

चौंथो सूचीमा रहेको कामना सेवाले पनि नाफा ९.१९ प्रतिशत बढाएको छ । योसँगै गत वर्ष कामना सेवाको नाफा ६३ करोड ५२ लाख रुपैयाँ कायम भएको छ । यता, सांग्रिला डेभलपमेन्ट बैंकले पनि नाफा ६.५१ प्रतिशत बढाएर ५३ करोड ७० लाख ९५ हजार पुर्याएको छ । यस्तै, महाल्क्ष्मी विकास बैंकले पनि ५० करोड ६६ लाख ६५ हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्ष लुम्बिनी विकास बैंकले भने ३७ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यद्यपि, यो नाफा अघिल्लो वर्षको तुलनामा ३०.१३ प्रतिशत कमी हो । अघिल्लो वर्ष बैंकले ५४ करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

ट्रेन्डिङ

सम्बन्धित समाचार

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

साउनदेखि बिजुली महँगिँदै, व्यावसायिक ग्राहकलाई १३ र घरायसीलाई ५ प्रतिशत भ्याट

साउनदेखि बिजुली महँगिँदै, व्यावसायिक ग्राहकलाई १३ र घरायसीलाई ५ प्रतिशत भ्याट

ऊर्जामन्त्री श्रेष्ठ भन्छन्– पोखरा बैठकबाट ऊर्जा व्यापारमा दूरगामी निर्णय

ऊर्जामन्त्री श्रेष्ठ भन्छन्– पोखरा बैठकबाट ऊर्जा व्यापारमा दूरगामी निर्णय

साउनमा वाणिज्य बैंकहरूको ब्याजदर झन् सस्तो, ६ बैंकले घटाउँदा १४ को स्थिर

साउनमा वाणिज्य बैंकहरूको ब्याजदर झन् सस्तो, ६ बैंकले घटाउँदा १४ को स्थिर

सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ

सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

किष्ट हस्पिटलद्वारा १५औँ कलेजो प्रत्यारोपण सम्पन्न: नेपालमै उच्च सफलताको कीर्तिमान

किष्ट हस्पिटलद्वारा १५औँ कलेजो प्रत्यारोपण सम्पन्न: नेपालमै उच्च सफलताको कीर्तिमान

ओली-लेखक पक्राउ गर्ने यस्तो थियो मन्त्रिपरिषद्को निर्णय र पक्राउ पुर्जी (पत्रहरूसहित)

ओली-लेखक पक्राउ गर्ने यस्तो थियो मन्त्रिपरिषद्को निर्णय र पक्राउ पुर्जी (पत्रहरूसहित)