मकर जितुमाया सुरी हाइड्रोपावरको चैत १९ गतेदेखि आईपीओ खुल्ने

काठमाण्डौ । मकर जितुमाया सुरी हाइड्रोपावरले चैत १९ गतेदेखि सर्वसाधारण लगानीकर्तालाई आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले जारी पूँजी ७६ करोड रुपैयाँको १४ करोड ४९ लाख ४० हजार रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १४ लाख ४९ हजार ४ सय कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये ८० हजार ७० कित्ता सामूहिक लगानी कोष, ३२ हजार २८ कित्ता कर्मचारी र १३ लाख ३७ हजार ३०२ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री गरेर बाँडफाँट गरिसकेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ छिटोमा चैत २२ गते र ढिलोमा २०८० वैशाख ३ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलमा रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय र अनलाइनबाट ‘मेरो शेयर’मार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

ट्रेन्डिङ

सम्बन्धित समाचार

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

साउनदेखि बिजुली महँगिँदै, व्यावसायिक ग्राहकलाई १३ र घरायसीलाई ५ प्रतिशत भ्याट

साउनदेखि बिजुली महँगिँदै, व्यावसायिक ग्राहकलाई १३ र घरायसीलाई ५ प्रतिशत भ्याट

ऊर्जामन्त्री श्रेष्ठ भन्छन्– पोखरा बैठकबाट ऊर्जा व्यापारमा दूरगामी निर्णय

ऊर्जामन्त्री श्रेष्ठ भन्छन्– पोखरा बैठकबाट ऊर्जा व्यापारमा दूरगामी निर्णय

साउनमा वाणिज्य बैंकहरूको ब्याजदर झन् सस्तो, ६ बैंकले घटाउँदा १४ को स्थिर

साउनमा वाणिज्य बैंकहरूको ब्याजदर झन् सस्तो, ६ बैंकले घटाउँदा १४ को स्थिर

सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ

सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

किष्ट हस्पिटलद्वारा १५औँ कलेजो प्रत्यारोपण सम्पन्न: नेपालमै उच्च सफलताको कीर्तिमान

किष्ट हस्पिटलद्वारा १५औँ कलेजो प्रत्यारोपण सम्पन्न: नेपालमै उच्च सफलताको कीर्तिमान

ओली-लेखक पक्राउ गर्ने यस्तो थियो मन्त्रिपरिषद्को निर्णय र पक्राउ पुर्जी (पत्रहरूसहित)

ओली-लेखक पक्राउ गर्ने यस्तो थियो मन्त्रिपरिषद्को निर्णय र पक्राउ पुर्जी (पत्रहरूसहित)