क्यापिटल म्याक्स सेक्युरिटीजको शाखा पोखरामा

काठमाडौं । क्यापिटल म्याक्स सेक्युरिटीज (ब्रोकर नम्बर ६२) ले पोखराको न्यूरोडमा शाखा विस्तार गरेको छ । क्यापिटल म्याक्सका अध्यक्ष अतित लाल श्रेष्ठका अनुसार सेयर लगानीकर्ताको मागअनुसार पोखरामा शाखा विस्तार गरिएको हो । ‘हामीले धितोपत्र बोर्डको नियम भित्र रहेर लगानीकर्तालाई बढीभन्दा बढी सेवा सुविधा दिने उद्देश्य अनुरुप पोखरामा पहिलो शाखा खोलेका छौं,’ अध्यक्ष श्रेष्ठले भने, ‘नेपालको पर्यटकीय राजधानी पोखराका लगानीकर्ताहरुले क्यापिटल म्याक्सबाट सेयर कारोबारका लागि सरल र सहज रुपमा सेवा सुविधा पाउनुहुनेछ भन्ने आशा गरेका छौँ ।’

काठमाडौंको कमलपोखरीमा मुख्य कार्यालय रहेको कम्पनीले देशका अन्य शहरहरुमा पनि छिट्टै नयाँ शाखा विस्तार गर्ने जानकारी दिएको छ । क्यापिटल म्याक्सले ग्राहकलाई सहजताको लागि अटो कोल्याटर लोड सुविधा अर्थात लगानीकर्ताले सेयर बिक्री गर्नासाथ सो रकम बराबरको लिमिट तुरुन्तै पाउन सक्नेछन ।

आफुले सेयर बिक्री गर्दा कति नाफा वा घाटा भयो, ब्रोकरमा आफ्नो नेटवर्थ, लगानी रकमजस्ता विषयको जानकारी तुरुन्तै पाउने सक्ने कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

ट्रेन्डिङ

सम्बन्धित समाचार

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

साउनदेखि बिजुली महँगिँदै, व्यावसायिक ग्राहकलाई १३ र घरायसीलाई ५ प्रतिशत भ्याट

साउनदेखि बिजुली महँगिँदै, व्यावसायिक ग्राहकलाई १३ र घरायसीलाई ५ प्रतिशत भ्याट

ऊर्जामन्त्री श्रेष्ठ भन्छन्– पोखरा बैठकबाट ऊर्जा व्यापारमा दूरगामी निर्णय

ऊर्जामन्त्री श्रेष्ठ भन्छन्– पोखरा बैठकबाट ऊर्जा व्यापारमा दूरगामी निर्णय

साउनमा वाणिज्य बैंकहरूको ब्याजदर झन् सस्तो, ६ बैंकले घटाउँदा १४ को स्थिर

साउनमा वाणिज्य बैंकहरूको ब्याजदर झन् सस्तो, ६ बैंकले घटाउँदा १४ को स्थिर

सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ

सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

किष्ट हस्पिटलद्वारा १५औँ कलेजो प्रत्यारोपण सम्पन्न: नेपालमै उच्च सफलताको कीर्तिमान

किष्ट हस्पिटलद्वारा १५औँ कलेजो प्रत्यारोपण सम्पन्न: नेपालमै उच्च सफलताको कीर्तिमान

ओली-लेखक पक्राउ गर्ने यस्तो थियो मन्त्रिपरिषद्को निर्णय र पक्राउ पुर्जी (पत्रहरूसहित)

ओली-लेखक पक्राउ गर्ने यस्तो थियो मन्त्रिपरिषद्को निर्णय र पक्राउ पुर्जी (पत्रहरूसहित)