वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै अर्थ मन्त्रालयले नयाँ गभर्नर नियुक्त नहुँदासम्म वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यवाहक गभर्नरको जिम्मेवारी सुम्पिएको छ।

राष्ट्र बैंकका प्रवक्ता डा. भागवत आचार्यका अनुसार, आजैदेखि लागू हुने गरी अर्थ मन्त्रालयबाट ढुंगानालाई जिम्मेवारी तोकिएको पत्र प्राप्त भएको छ। ढुंगाना हालसम्म राष्ट्र बैंकको नीतिगत तथा नियामकीय पक्षमा सक्रिय रहँदै आइरहेकी छिन्।

यसबीच, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्ने जानकारी दिएको छ। यद्यपि गभर्नर नियुक्तिका लागि आवश्यक सिफारिस समितिको बैठक भने हालसम्म बसेको छैन।

राष्ट्र बैंक ऐन अनुसार नयाँ गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन भई योग्य उम्मेदवारको नाम मन्त्रिपरिषदमा पेश गर्नुपर्ने कानुनी प्रक्रिया रहेको छ। तर हालसम्म उक्त प्रक्रिया अघि नबढ्दा गभर्नर पद रिक्त रहने अवस्था आएको हो।

ढुंगानाले कार्यवाहकका हैसियतमा राष्ट्र बैंकको नियमित काम कारबाही तथा मौद्रिक नीतिसम्बन्धी जिम्मेवारी निर्वाह गर्नेछिन्। गभर्नरको स्थायी नियुक्तिसम्म उनले राष्ट्र बैंकको नेतृत्व सम्हाल्नेछिन्।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

ट्रेन्डिङ

सम्बन्धित समाचार

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

साउनदेखि बिजुली महँगिँदै, व्यावसायिक ग्राहकलाई १३ र घरायसीलाई ५ प्रतिशत भ्याट

साउनदेखि बिजुली महँगिँदै, व्यावसायिक ग्राहकलाई १३ र घरायसीलाई ५ प्रतिशत भ्याट

ऊर्जामन्त्री श्रेष्ठ भन्छन्– पोखरा बैठकबाट ऊर्जा व्यापारमा दूरगामी निर्णय

ऊर्जामन्त्री श्रेष्ठ भन्छन्– पोखरा बैठकबाट ऊर्जा व्यापारमा दूरगामी निर्णय

साउनमा वाणिज्य बैंकहरूको ब्याजदर झन् सस्तो, ६ बैंकले घटाउँदा १४ को स्थिर

साउनमा वाणिज्य बैंकहरूको ब्याजदर झन् सस्तो, ६ बैंकले घटाउँदा १४ को स्थिर

सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ

सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

किष्ट हस्पिटलद्वारा १५औँ कलेजो प्रत्यारोपण सम्पन्न: नेपालमै उच्च सफलताको कीर्तिमान

किष्ट हस्पिटलद्वारा १५औँ कलेजो प्रत्यारोपण सम्पन्न: नेपालमै उच्च सफलताको कीर्तिमान

ओली-लेखक पक्राउ गर्ने यस्तो थियो मन्त्रिपरिषद्को निर्णय र पक्राउ पुर्जी (पत्रहरूसहित)

ओली-लेखक पक्राउ गर्ने यस्तो थियो मन्त्रिपरिषद्को निर्णय र पक्राउ पुर्जी (पत्रहरूसहित)