साउनको लागि १४ वटा वाणिज्य बैंकले ब्याजदर घटाए: ४ वटाको स्थिर, २ वटाले बढाए

काठमाडौं । संचालनमा रहेका २० वाणिज्य बैंक मध्ये १४ वटा वाणिज्य बैंकले साउन महिनाको लागि मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । ४ वटा बैंकले मुद्दती निक्षेपको अधिकतम ब्याजदर स्थिर राख्दा २ वटाले भने मुद्दती निक्षेपको ब्याजदर सामान्य घटाएका छन्।

साउन महिनाको लागि मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाउने बैंकमा नेपाल बैंक, कृषि विकास बैंक, कुमारी बैंक, नेपाल एसबिआई बैंक, सानिमा बैंक, सिटिजन्स बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नबिल बैंक, प्राइम बैंक, एनआईसी एशिया बैंक, एभरेष्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंक रहेका छन् । जस मध्ये प्रभु बैंकले सर्वाधिक १.८५ प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ। अब प्रभु बैंकले व्यक्तिगत मुद्दतीमा अधिकतम ४.२५ प्रतिशत ब्याज दिने छ भने संस्थागत मुद्दतीमा अधिकतम ३.२५ प्रतिस्शत ब्याज दिने छ। प्रभु बैंकको व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ५ प्रतिशत भन्दा तल पुगेको हो। अरु सबै बैंकको व्यक्तिगत मुद्दतीको ब्याज ५ प्रतिशत भन्दा माथि नै छ।

साउन महिनाको लागि ब्याजदर स्थिर राख्ने बैंकहरुमा माछापुच्छ्रे बैंक, ग्लोबल आईएमइ बैंक, सिद्धार्थ बैंक र एनएमबि बैंक रहेका छन् । स्ट्याण्डर्ड चार्टर्ड बैंक र हिमालयन बैंकले भने मुद्दती निक्षेपको अधिकतम ब्याज बढाएका छन् । स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ६.२५ प्रतिशतबाट बढाएर ६.२६ प्रतिशत पुर्याएको छ। संस्थागत मुद्दतीको अधिकतम ब्याजदर भने ३ प्रतिशतमा स्थिर छ।

त्यस्तै हिमालयन बैंकले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर ५.५ प्रतिशतबाट बढाएर ६ प्रतिशत पुर्याएको छ। त्यस्तै संस्थागत मुद्दतीको अधिकतम ब्याज ४ प्रतिशतबाट बढाएर ५ प्रतिशत पुर्याएको छ। साउन महिनाको लागि व्यक्तिगत मुद्दती निक्षेपमा वाणिज्य बैंकहरुले तोकेको अधिकतम ब्याजदर औसतमा ५.६९ प्रतिशत रहेको छ। असारमा व्यक्तिगत मुद्दती निक्षेपमा वाणिज्य बैंकहरुले तोकेको अधिकतम ब्याजदर औसतमा ५.९० प्रतिहत थियो । अर्थात् साउनको लागि वाणिज्य बैंकहरुले मुद्दती निक्षेपको अधिकतम ब्याजदर ०.२० प्रतिशत बिन्दुले घटाएका छन् ।

वाणिज्य बैंकहरुले साउनको लागि तोकेको संस्थागत निक्षेपतर्फको अधिकतम औसत ब्याज भने ४.११ प्रतिशत रहेको छ। जुन असार महिनाको तुलनामा ०.२६ प्रतिशत बिन्दुले कम हो।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

ट्रेन्डिङ

सम्बन्धित समाचार

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

साउनदेखि बिजुली महँगिँदै, व्यावसायिक ग्राहकलाई १३ र घरायसीलाई ५ प्रतिशत भ्याट

साउनदेखि बिजुली महँगिँदै, व्यावसायिक ग्राहकलाई १३ र घरायसीलाई ५ प्रतिशत भ्याट

ऊर्जामन्त्री श्रेष्ठ भन्छन्– पोखरा बैठकबाट ऊर्जा व्यापारमा दूरगामी निर्णय

ऊर्जामन्त्री श्रेष्ठ भन्छन्– पोखरा बैठकबाट ऊर्जा व्यापारमा दूरगामी निर्णय

साउनमा वाणिज्य बैंकहरूको ब्याजदर झन् सस्तो, ६ बैंकले घटाउँदा १४ को स्थिर

साउनमा वाणिज्य बैंकहरूको ब्याजदर झन् सस्तो, ६ बैंकले घटाउँदा १४ को स्थिर

सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ

सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

किष्ट हस्पिटलद्वारा १५औँ कलेजो प्रत्यारोपण सम्पन्न: नेपालमै उच्च सफलताको कीर्तिमान

किष्ट हस्पिटलद्वारा १५औँ कलेजो प्रत्यारोपण सम्पन्न: नेपालमै उच्च सफलताको कीर्तिमान

ओली-लेखक पक्राउ गर्ने यस्तो थियो मन्त्रिपरिषद्को निर्णय र पक्राउ पुर्जी (पत्रहरूसहित)

ओली-लेखक पक्राउ गर्ने यस्तो थियो मन्त्रिपरिषद्को निर्णय र पक्राउ पुर्जी (पत्रहरूसहित)