ग्रीन डेभलपमेन्ट बैंकको नाफामा ७९.७९ प्रतिशत उछाल, १०.६७ प्रतिशत लाभांश बाँड्न सक्ने

काठमाडौँ । ग्रीन डेभलपमेन्ट बैंकको गत आर्थिक वर्ष २०८१÷८२ मा खुद नाफा ७९.७९ प्रतिशत बढेर ६ करोड ९४ लाख ८ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ३ करोड ८६ लाख ६१ हजार रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्ष बैंकको खुद ब्याज आम्दानी १७.७३ प्रतिशत घटेर २० करोड २० लाख ४२ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १७ करोड १६ लाख १२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको कुल सञ्चालन आम्दानी २० प्रतिशत घटेर २३ करोड ३० लाख २० हजार रुपैयाँ र सञ्चाल नाफा ७२.७९ प्रतिशत बढेर ९ करोड ८७ लाख २३ हजार रुपैयाँ रहेको छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा ६ करोड ७ लाख ८१ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण गर्ने क्षमता १०.६७ प्रतिशत रहनेछ ।

बैंकको चुक्ता पुँजी ५.७४ प्रतिशत बढेर ५६ करोड ९६ लाख ९८ हजार रुपैयाँ र जगेडा कोष २६.२४ प्रतिशत बढेर ६ करोड ५१ लाख ७८ हजार रुपैयाँ रहेको छ । गत वर्ष बैंकको निक्षेप संकलन २८.२५ प्रतिशत बढेर ६ अर्ब ३७ करोड ६४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले ४ अर्ब ९७ करोड १७ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

साथै, बैंकले गत वर्ष कर्जा लगानी १९.९९ प्रतिशत बढाएर ४ अर्ब ७३ करोड ५० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब ९४ करोड ५८ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ १२.१८ रुपैयाँ पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात १२२.०७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२२.११ रुपैयाँ रहेको छ ।

गत वर्ष बैंकको खराब कर्जा सामान्य बढेको छ । अघिल्लो वर्ष ३.१८ प्रतिशत रहेको खराब कर्जा गत वर्ष ३.३३ प्रतिशत पुगेको छ ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

ट्रेन्डिङ

सम्बन्धित समाचार

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

साउनदेखि बिजुली महँगिँदै, व्यावसायिक ग्राहकलाई १३ र घरायसीलाई ५ प्रतिशत भ्याट

साउनदेखि बिजुली महँगिँदै, व्यावसायिक ग्राहकलाई १३ र घरायसीलाई ५ प्रतिशत भ्याट

ऊर्जामन्त्री श्रेष्ठ भन्छन्– पोखरा बैठकबाट ऊर्जा व्यापारमा दूरगामी निर्णय

ऊर्जामन्त्री श्रेष्ठ भन्छन्– पोखरा बैठकबाट ऊर्जा व्यापारमा दूरगामी निर्णय

साउनमा वाणिज्य बैंकहरूको ब्याजदर झन् सस्तो, ६ बैंकले घटाउँदा १४ को स्थिर

साउनमा वाणिज्य बैंकहरूको ब्याजदर झन् सस्तो, ६ बैंकले घटाउँदा १४ को स्थिर

सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ

सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

किष्ट हस्पिटलद्वारा १५औँ कलेजो प्रत्यारोपण सम्पन्न: नेपालमै उच्च सफलताको कीर्तिमान

किष्ट हस्पिटलद्वारा १५औँ कलेजो प्रत्यारोपण सम्पन्न: नेपालमै उच्च सफलताको कीर्तिमान

ओली-लेखक पक्राउ गर्ने यस्तो थियो मन्त्रिपरिषद्को निर्णय र पक्राउ पुर्जी (पत्रहरूसहित)

ओली-लेखक पक्राउ गर्ने यस्तो थियो मन्त्रिपरिषद्को निर्णय र पक्राउ पुर्जी (पत्रहरूसहित)