आइसिएफसि फाइनान्सले १० वर्षदेखि निष्क्रिय रहेका खाता बन्द गर्ने

काठमाडौँ । आइसिएफसि फाइनान्सले निष्क्रिय खाताहरू बन्द गर्ने भएको छ । फाइनान्स कम्पनीले १० वर्षदेखि शून्य मौज्दात रहेका खाता बन्द गर्ने जनाएको हो ।

फाइनान्सका अनुसार विगत १० वर्षदेखि शून्य मौज्दात रही कारोबार नभएका र विगत २० वर्षदेखि बुझ्न नआएको वा कसैको हकदावी पर्न नआएको निक्षेप रकम भएका निष्क्रिय खाताहरू बन्द गरिनेछ ।

त्यस्ता खाताहरू फाइनान्सको वेबसाइटमा सार्वजनिक गरिएको हुँदा सम्बन्धित खातावालहरुले आफ्नो निष्क्रिय खाता ३५ दिनभित्र आफूलाई पायक पर्ने शाखामा गई सुचारु गर्न अनुरोध गरेको छ ।

 

अन्यथा, नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन बमोजिम बुझ्न नआएको वा कसैको हकदावी पर्न नआएको निक्षेप रकम बैंकिङ्ग विकास कोषमा जम्मा गरिने फाइनान्सले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार