बुढीगण्डकी जलविद्युत कम्पनीको सीईओ बन्न चार दावेदार प्रतिस्पर्धामा

काठमाण्डौ । बुढीगण्डकी जलविद्युत कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि चार जना उम्मेदवार अन्तिम प्रतिस्पर्धामा पुगेका छन्।

कम्पनीले गत असार २४ गते सीईओ पदका लागि दरखास्त आह्वान गरेको थियो। प्राप्त आवेदनहरू मध्ये छनौट समितिले चार जनाको नाम अन्तिम प्रतिस्पर्धाका लागि योग्य ठहर गरेको हो।

छनौटमा परेका उम्मेदवारहरूमा:

राजु श्रेष्ठ – मेकानिकल इन्जिनियर, धनकुटा

अरुण रजौरिया – दाङ

पवन अधिकारी – तनहुँ

कृष्ण सिंह बस्नेत – गोरखा

यीमध्ये एक जनालाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिनेछ।

कम्पनीले गोरखा र धादिङमा निर्माण गर्न लागिएको १,२०० मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजना कार्यान्वयन गर्नका लागि नेतृत्व छनोटको प्रक्रिया अगाडि बढाएको हो।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार