एनसेलको ‘बिज सधैँ अन’ अफर : अब १० महिनाको शुल्कमा १२ महिनासम्म सेवा

काठमाण्डौ । एनसेल आजियाटाले व्यवसायिक प्रयोगकर्तालाई लक्षित गर्दै ‘बिज सधैँ अन’ योजनामा विशेष मनसुन अफर ल्याएको छ। यस योजनाअन्तर्गत पोस्टपेड, साना तथा मझौला उद्यमी र कर्पोरेट ग्राहकहरूले एक वर्षसम्म ढुक्क भएर सेवा लिन सक्ने सुविधा पाउनेछन्।

‘१० महिना तिर्नुहोस्, १२ महिना सेवा पाउनुहोस्’ मोडलमा आधारित यस अफरमा ग्राहकहरूले बिज सधैँ अन ३९९ वा ६४९ योजनामा १० महिनाको शुल्क तिरेर १२ महिनासम्म सेवा लिन सक्नेछन्। यसरी थप दुई महिनासम्म सेवा निःशुल्क प्राप्त हुनेछ।

३९९ योजना लिने ग्राहकले हरेक महिना १० जीबी डेटा, जुनसुकै लोकल नेटवर्कमा ४०० मिनेटको टक टाइम र ४०० एसएमएस पाउनेछन्। यता, ६४९ योजना लिने ग्राहकले हरेक महिना ३० जीबी डेटा, अनलिमिटेड टक टाइम र ६५० एसएमएसको सुविधा पाउनेछन्।

कम्पनीले कर्पोरेट ग्राहकका लागि बन्डल अफर पनि उपलब्ध गराएको छ। जसअनुसार तीनवटा मोबाइल नम्बरमा वार्षिक योजना लिएमा एक नम्बरले ६ महिनाको सेवा निःशुल्क पाउनेछ भने पाँचवटा नम्बरमा सेवा लिएमा दुईवटा नम्बरले ६–६ महिनासम्म निःशुल्क सेवा प्राप्त गर्न सक्नेछन्।

एनसेलले यो अफरमार्फत नेपाली व्यवसायलाई डिजिटल रूपमा सशक्त बनाउन सहयोग पुर्‍याउने विश्वास लिएको जनाएको छ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

ट्रेन्डिङ

सम्बन्धित समाचार

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

साउनदेखि बिजुली महँगिँदै, व्यावसायिक ग्राहकलाई १३ र घरायसीलाई ५ प्रतिशत भ्याट

साउनदेखि बिजुली महँगिँदै, व्यावसायिक ग्राहकलाई १३ र घरायसीलाई ५ प्रतिशत भ्याट

ऊर्जामन्त्री श्रेष्ठ भन्छन्– पोखरा बैठकबाट ऊर्जा व्यापारमा दूरगामी निर्णय

ऊर्जामन्त्री श्रेष्ठ भन्छन्– पोखरा बैठकबाट ऊर्जा व्यापारमा दूरगामी निर्णय

साउनमा वाणिज्य बैंकहरूको ब्याजदर झन् सस्तो, ६ बैंकले घटाउँदा १४ को स्थिर

साउनमा वाणिज्य बैंकहरूको ब्याजदर झन् सस्तो, ६ बैंकले घटाउँदा १४ को स्थिर

सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ

सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

किष्ट हस्पिटलद्वारा १५औँ कलेजो प्रत्यारोपण सम्पन्न: नेपालमै उच्च सफलताको कीर्तिमान

किष्ट हस्पिटलद्वारा १५औँ कलेजो प्रत्यारोपण सम्पन्न: नेपालमै उच्च सफलताको कीर्तिमान

ओली-लेखक पक्राउ गर्ने यस्तो थियो मन्त्रिपरिषद्को निर्णय र पक्राउ पुर्जी (पत्रहरूसहित)

ओली-लेखक पक्राउ गर्ने यस्तो थियो मन्त्रिपरिषद्को निर्णय र पक्राउ पुर्जी (पत्रहरूसहित)