कालिका लघुवित्तको नाफा ३६% ले उकालो, १० करोड ८० लाख रुपैयाँ खुद नाफा

काठमाण्डौ। कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको मुनाफा उल्लेख्य रूपमा बढेको छ। अघिल्लो वर्षको तुलनामा ३६.४२ प्रतिशतले वृद्धि भई लघुवित्तले १० करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ५०.२९ प्रतिशतले बढेर ३८ करोड १० लाख रुपैयाँ पुगेको छ। त्यस्तै, सञ्चालन आम्दानी ५४.९८ प्रतिशत र सञ्चालन मुनाफा ९५.८९ प्रतिशतले वृद्धि भएको छ।

लघुवित्तको चुक्ता पूँजी ४० करोड ७६ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३५ करोड २४ लाख रुपैयाँ सञ्चित छ। असार मसान्तसम्ममा लघुवित्तले १ अर्ब ६४ करोड ६९ लाख रुपैयाँ निक्षेप संकलन गर्दै ४ अर्ब ८४ करोड ७४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

नाफासँगै प्रतिशेयर आम्दानी (EPS) पनि बढेको छ। अघिल्लो वर्षको तुलनामा रु ५.२३ ले वृद्धि भई EPS रु २६.५१ पुगेको छ।

मूल्य-आम्दानी अनुपात (P/E Ratio) ३९.९६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ रु १८६.४४ कायम भएको छ।

 

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार