उद्योगमन्त्री र अर्थमन्त्रीबीच बैठक सम्पन्न, आयातित वस्तुमा ‘नेपाल गुणस्तर’ अनिवार्य गरिने

काठमाण्डौ । चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलबीच आज अर्थ मन्त्रालयमा विशेष बैठक सम्पन्न भएको छ।

बैठकमा विशेषगरी विदेशबाट आयात हुने वस्तुहरूमा ‘नेपाल गुणस्तर’ (Nepal Standards) प्रमाणिकरण अनिवार्य गर्ने निर्णय गरिएको उद्योग मन्त्रालयले जनाएको छ। प्रारम्भमा केही निश्चित वस्तुहरूमा मात्र यो मापदण्ड लागू गरिने र क्रमशः सबै आयातित वस्तुहरूमा अनिवार्य रूपमा नेपाल गुणस्तर लागू गरिने तयारी गरिएको छ।

यस निर्णयबाट गुणस्तरीय वस्तुको उपभोग सुनिश्चित हुने, उपभोक्ता संरक्षणमा टेवा पुग्ने र स्वदेशी उद्योगलाई प्रतिस्पर्धामा प्रोत्साहन मिल्ने विश्वास गरिएको छ।

यसबाहेक, बैठकमा विशेष आर्थिक क्षेत्र प्राधिकरण (SEZA) र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमार्फत लिजमा दिइने औद्योगिक जग्गाको भाडा पनि घटाउने निर्णय गरिएको छ। पहिले प्रतिवर्गमिटर ५० रुपैयाँ कायम गरिएको लिज भाडा अब घटाएर २० रुपैयाँ बनाइनेछ। यो व्यवस्था सरकारले उद्योग प्रवर्द्धन र लगानी आकर्षण गर्ने उद्देश्यले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरेको थियो।

बैठकमा चालु आवमा विनियोजित बजेट तथा कार्यक्रमहरू प्रभावकारी ढंगले कार्यान्वयन गर्न आवश्यक रणनीति, समन्वय र प्राथमिकताबारे समेत विस्तृत छलफल भएको छ। दुबै मन्त्रालयले सहकार्य गर्दै औद्योगिक विकास, रोजगारी सिर्जना र समग्र अर्थतन्त्र सुदृढीकरणका लागि आवश्यक नीतिगत तथा कार्यगत सुधारलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

ट्रेन्डिङ

सम्बन्धित समाचार

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

साउनदेखि बिजुली महँगिँदै, व्यावसायिक ग्राहकलाई १३ र घरायसीलाई ५ प्रतिशत भ्याट

साउनदेखि बिजुली महँगिँदै, व्यावसायिक ग्राहकलाई १३ र घरायसीलाई ५ प्रतिशत भ्याट

ऊर्जामन्त्री श्रेष्ठ भन्छन्– पोखरा बैठकबाट ऊर्जा व्यापारमा दूरगामी निर्णय

ऊर्जामन्त्री श्रेष्ठ भन्छन्– पोखरा बैठकबाट ऊर्जा व्यापारमा दूरगामी निर्णय

साउनमा वाणिज्य बैंकहरूको ब्याजदर झन् सस्तो, ६ बैंकले घटाउँदा १४ को स्थिर

साउनमा वाणिज्य बैंकहरूको ब्याजदर झन् सस्तो, ६ बैंकले घटाउँदा १४ को स्थिर

सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ

सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

किष्ट हस्पिटलद्वारा १५औँ कलेजो प्रत्यारोपण सम्पन्न: नेपालमै उच्च सफलताको कीर्तिमान

किष्ट हस्पिटलद्वारा १५औँ कलेजो प्रत्यारोपण सम्पन्न: नेपालमै उच्च सफलताको कीर्तिमान

ओली-लेखक पक्राउ गर्ने यस्तो थियो मन्त्रिपरिषद्को निर्णय र पक्राउ पुर्जी (पत्रहरूसहित)

ओली-लेखक पक्राउ गर्ने यस्तो थियो मन्त्रिपरिषद्को निर्णय र पक्राउ पुर्जी (पत्रहरूसहित)